१५ महिना ढिला सकियो नारायणगढ–मुग्लिन सडक, पहिरोको जोखीम कायमै

54 Hits

चितवन, १३ साउन ।
अन्तत : १५ महिना ढिला गरी ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैतमा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो ।

विश्वबैंकको करिब ३ अर्ब ९० करोड ९३६ मिलियन अमेरिकी डलर सहयोगमा सडक निर्माण भएको हो । ‘भूकम्प तथा आपूर्ति अवरोधजस्ता समस्या नआएको भए परियोजना निर्धारित समयमै सम्पन्न हुने थियो, अहिले सम्पन्न हुनुलाई पनि हामीले समयमै सकिएको मानेका छौँ,’ मुग्लिन–नारायणगढ सडक अनुगमनमा पुगेका विश्वबैंकका नेपाली देशीय प्रबन्धक फेरिस हदाद–जर्वोसले भने ।

भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन् । ‘त्यसमा पनि दोस्रो र तेस्रो नम्बरको ठेकेदारले प्रमाणपत्र पाइसकेका छन्,’ उनले भने, ‘पहिलोको काम पनि करिब सम्पन्न भएको छ, चाँडै उसले पनि प्रमाणपत्र पाउनेछ ।’

यो नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन परियोजना ९एनआइआरटिटिपी०अन्तर्गत निर्माण भएको सो परियोजनामा कुल १० अर्ब रुपैयाँ लगानी गरिएको थियो । नेपालको व्यापारसँग सम्बन्धित पूर्वाधार विकासमा यो परियोजना केन्द्रित थियो । ‘

सडक बने पनि पहिरोको जोखीम कायमै

राजमार्ग निर्माण सकिए पनि बर्खा लागेपछि पटक–पटक पहिरो गएर समस्या परिरहेको छ । यसबीचमा ५ ठाउँमा ठूलो पहिरो गएको आयोजना प्रमुख बिसुरालले जानकारी दिए । ‘तर, पहिरो सफा गर्न डोजर तथा स्काभेटरहरू तयारी अवस्थामा राखिएकाले राजमार्ग लामो समय अवरोध भने हुँदैन,’ उनले भने, ‘तत्काल खुलाइहाल्र्छौं ।’ एक ठाउँमा भने करिब ३० मिटर सडक भासिएको छ ।

४ पुल बन्दै, १४ को टुंगो छैन

सडक ७ मिटर बने पनि पुल भने साँधुरा नै छन् । पुलको चौडाइ पुरानै सडकबराबर अर्थात् साढे ५ देखि ६ मिटर मात्रै छ । यस सडकखण्डमा कुल १८ वटा पुल छन् । त्यसमध्ये यही परियोजनाअन्तर्गत चार ठाउँमा पुरानो पुलको समानान्तर हुने गरी नयाँ पुलसमेत निर्माण हुँदै छन् । तर, बाँकी १४ वटा पुल निर्माणको टुंगो भने अहिलेसम्म नलागेको आयोजनाका संयोजक श्रेष्ठले जानकारी दिए ।

३५ मिनेटमा नारायणगढबाट मुग्लिन

यो परियोजना सुरु हुनुभन्दा अघि नारायणगढ–मुग्लिङ सडकको औसत चौडाइ साढे ५ देखि ६ मिटर थियो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ । ‘
राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ । राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको आयोजनाका संयोजकसमेत रहेको श्रेष्ठले बताए । स्तरोन्नति हुनुअघि यो दूरी पूरा गर्न एक घन्टा लाग्थ्यो । नयाँ पत्रिकाबाट लिइएको

Loading...

Related News

यसरी थाहा पाइन्छ नारायणगढ–मुग्लिन सडक बन्दको सूचना

चितवन १२ असार । नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको…

पहिरोले नारायणगढ-मुग्लिङ सडक बन्द, बागलुङमा एकै घरका ३ को मृत्यु

चितवन, १२ असार । चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडकखण्डको  सडक अाज पनि अवरुद्ध भएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी