ढलान गरेको ४ दिनमै भत्कियो पक्की पुल

34 Hits

धनगढी- डडेलधुरामा ढलान गरेको चार दिन नवित्दै पक्कि पुल भत्किएको छ । भागेश्वर गाउँपालिका–४ डुङ्ग्री र अजयमेरु गाउँपालिका–५ को देवल दिव्यपुर जोड्न सेरागडमा निर्माणाधीन पक्की पुल भत्किएको हो ।

बुधबार बेलुकीदेखिको अविरल वर्षाले पुल भत्किएको स्थानीयले जानकारी दिएका छन् । वर्षातको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधीन पुल भत्किएको डिभिजन सडक कार्यालय, डोटीका इन्जिनियर महानन्द जोशीले बताए ।

देशभरिमै ख्यातिप्राप्त निर्माण कम्पनी भएकाले केही क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दावी गरेका छन् । डिभिजन सडक कार्यालय कुलपाते, दीपायलले पुल निर्माणका लागि ०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।

भ्याटसहित कूल पाँच करोड एक लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो । ०७४ भदौ २४ गते ठेक्का अवधि सकिएपछि ०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।

‘सानोेतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौं,’ निर्माण कम्पनीका साइड इन्चार्ज इन्जिनियर तीर्थ गुरुङले भने, ‘एक्कासि ठूलो पानी परेपछि बाढीका कारण निर्माणाधीन पुल भत्किएको हो ।’ गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी वर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले पुल भत्किएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।

निर्माण सामग्रीको गुणस्तरबारे आफूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भए पनि अगामी मंसिरसम्म पुल निर्माण कार्य सक्नेगरी पुलको पुनर्निर्माण गरिने जनाएको छ । निर्माणाधीन पुलको क्षतिको विवरण भने तयार भएको छैन । ४० मिटर लम्बाई र ११ मिटर चौडा पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी