थाइल्याण्डमा उपप्रधानमन्त्री यादवसँग ‘बुद्ध बारे चर्चा’

67 Hits

काठमाडौं, ११ साउन ।उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल र थाइल्याण्डवीचको सम्वन्ध र सहकार्यका क्षेत्रमा छलफल गरेका छन् । तीनदिने थाइल्याण्ड भ्रमणका क्रममा यादवले त्यहाँका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदम काचिन्तोनसँग भेटघाट गरेका हुन् ।
भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको मन्त्री यादवका स्वकीय अधिकृत लाक्पा शेर्पाले जानकारी दिए ।
थाइल्याण्डको स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटमा यादवले नेपाल र थाइल्याण्डबीचको सम्बन्धमा राजा जनक, लुम्बिनी र भगवान गौतम बुद्धको प्रसंग समेत जोडर छलफल भएको शेर्पाले बताए ।
थाइल्याण्डका स्वास्थ्यमन्त्रीले ‘नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको’ बताए ।
यसैगरी त्यहाँका शिक्षामन्त्रीले नेपालका रहेक विश्वविद्यालयलाई हरेक विषयमा सहयोग गर्न आफूहरु आतुर रहेको बताए । ‘दुवै देशले संयुक्त सहकार्य कहिलेदेखि गर्ने हो भन्ने बिषयमा चाडै मिति तोकौं ।’ त्यहाँका शिक्षा मन्त्रीले मन्त्री यादवसँगको छलफलमा भने ‘हामी सहकार्यमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरी तयारीमा छौं ।’
यादवले थाइल्याण्डको महिडोल विश्वविद्यालयमा आयोजित स्वास्थ्य सम्वन्धी कार्यक्रममा सहभागि हुन पुगेका थिए । यादवले विश्वविद्यालयका ‘डीन’ तथा ‘फेकल्टी मेम्बर’हरुसँग छुट्टाछुट्टै भेटघाट गरेको थिए । यादव साउन ११ गते नेपाल फर्कनेछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी