नवनियुक्त राज्यमन्त्रीले लिए शपथ

83 Hits

जनकपुरधाम, १० साउन ।- प्रदेश २ सरकारले नियुक्त गरेको राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार जनकपुर चुरोट कारखाना परिसरस्थित प्रदेश मुख्यालयमा आयोजित एक समारोहकाबीच राज्यमन्त्रीहरु सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्माले पद तथा गोपनियताको शपथ लिएका हुन्।

तीन राज्यमन्त्रीको शपथ ग्रहणसँगै प्रदेश २ सरकारले पूर्णता पाएको छ। प्रदेश सरकारले सरकार गठन भएको पाँच महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिएको हो ।मण्डलले उद्योग तथा पर्यटन, झाले भौतिक पूर्वाधार र शर्माले सामाजिक विकास राज्यमन्त्रीमा शपथ लिएका छन्। नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ दिलाएका छन्।

संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ सरकारमा फोरमले आफ्ना मन्त्रीहरु पठाइ सकेपनि आन्तरिक विवादका कारण राजपाले नाम पठाउन सकेको थिएन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी