नेपालले इस्ट लन्डनलाई २ सय २३ रनले हरायो

56 Hits

काठमाडौं, १० साउन ।युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा इस्ट लन्डन-११ लाई २ सय २३ रनको फराकिलो पराजित गरेको छ ।नेपालले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन-११ ले ३८ ओभर ५ बलमा १ सय १५ रन मात्र बनाउन सक्यो ।

नेपालको कसिलो बलिङसामु इस्टका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । डारेन आइरोन साइडले सर्वाधिक ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो दर्शन गर्न सकेनन् । भाज पुरेवलले २२ रन बनाए । सागर जोशी ८, नेल सोलोमन ६, रामिज ४ र नाविल अजिजले ३ रन बनाए । अर्मन र विलाल पटेल शुन्य रनम आउट भए । शक्ति गौचनले ४ विकेट लिए । करण केसी र ललित भण्डारीले समान २ तथा सोमपाल कार्मी र दीपेन्द्रसिंह ऐरीले १९१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साहको शतकीय पारीमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ३८ रन बनायो । आक्रमक इनिङ्स खेलेका अनिलले ९१ बलमा शतक पुरा गरे । अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १ सय ३१ रन बनाए । यससँगै अनिल युरोप भ्रमणको अभ्यास खेलमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने ।यसअघि पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काले शतकीय पारी खेलेका थिए । यस्तै मध्यक्रमका शरद भेषवाकर शतक बनाउनबाट दुई रनले चुके । ८६ बल खेलेका शरद ९८ रनमा आउट भए ।

टिमले ५८ रनको जोड्दा तीन विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका अनिल र शरदले चौथो विकेटको लागि २ सय १२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी