नेपाली राजदूतका लागि अमेरिकामा भवन किनियाे

45 Hits

वासिंटन डिसी (अमेरिका) । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीका लागि ७४ करोडमा राजदूत निवास किनिएको छ। किनिएिको घर वासिंटन डिसीस्थित युनिभर्सिटि टेरेस पोष्ट बक्स नम्बर २००१६ मा रहेको छ। उक्त भवन ४० हजार ७ सय २६ स्क्वायर फिट जग्गामा १० हजार १ सय ५० फिटमा बनेको छ।

राजदुत निवासको लागि किनिएको भवनको मूल्य ६ दशमलव ८ मिलियिन, ६८ लाख डलर अर्थात ७४ करोड ४६ लाख नेपाली रुपियाँ रहेको छ। उक्त भवन अत्याधुनिक रहनुका साथै गाडि पार्किङको राम्रो व्यवस्था रहेको बताइएको छ।

दूतावासका प्रवक्ता जीवन श्रेष्ठका अनुसार सो भवनमा ७ वटा बेड रुम र ८ वटा बाथरुम रहेका छन्। कार्यक्रम गर्न मिल्ने ठुला हलसहित किचेन पनि रहेको बताइएको छ। अमेरिकामा प्राय कार्यक्रम निवासमा हुने भएकोले ठुलो निवास चाहिएकाले मन्त्रालयको निर्देशन अनुसार ठुलो भवन खरिद गरिएको बताइएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी