एनआएनएले पररास्ट्रमन्त्री ज्ञवालीलाई जुलाई २७ मा बेल्जीयममा सम्मान गर्ने

120 Hits

बेल्जीयम, ९ साउन ।
गैर आवासिय नेपाली संघ बेल्जीयमले पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बेल्जीयममा स्वागत तथा सम्मान गर्ने भएको छ ।


सरकारी भ्रमणको सिलसिलामा युरोप पुगेका पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बेल्जियमको आन्तोरपीन शहरमा यही जुलाई २७ तारीख बिहान स्वागत गर्ने कार्यक्रम तय गरिएको गैर आवासिय नेपाली संघ बेल्जीयमका अध्यक्ष लोक दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार छोटो अफिसियल भ्रमणका क्रममा युरोप आउनुभएका पररास्ट्रमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य ज्ञवालीलाई जुलाई २७ तारीख बिहाना ओक भान आन्तोरपीनमा एक कार्यक्रम गरी स्वागत गर्न लागिएको हो ।

उक्त अवसरमा मन्त्री ज्ञवालीलाई स्वागत तथा सम्मान गर्ने तथा संक्षिप्त अन्तरक्रिया कार्यक्रम पनि राखीएको उहाँले बताउनुभयो ।
नेपालमा नयाँ संविधान पश्चात बनेको पहिलो दुई तिहाई बहुमत प्राप्त सरकारको पहिलो पररास्ट्रमन्त्री ज्ञवालीलाई स्वागत तथा सम्मानमा आयोजना गरिने दिवा भोज कार्यक्रममा सहभागि हुन वेल्जीयममा रहेका नेपालीहरु, सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु ,पत्रकार, तथा एन आर एन का पदधिकारीहरूलाई उपस्थितीको लागि आमन्त्रण गरिएको दाहालले बताउनुभयो ।

दाहालले कार्यक्रम विहान साँढे दश बजेदेखि दिनको १ बजेसम्म हुने जानकारी दिनुभएको छ ।

Related News

एनआएनएको ११ औं युरोप बैठक सम्पन्न, आगामी बैठक बेल्जीयममा गर्न प्रस्ताव

लक्जेम्बर्ग, साउन गैर आवासिय नेपाली संघ युरोपको ११ औं बैठक भव्यताका साथ सम्पन्न भएको छ । युरोपको लक्जेम्वर्गमा जुलाई २८…

एनआएनए बेल्जीयमले भेटायो सुमनलाई परिवारसँग, अबको उपचार ग्राण्डी अस्पतालमा

काठमाडौं, २९ बैसाख बेल्जीयममा पुगेर विरामी परेका कास्कीका सुमन देवकोटाले नेपालमा आफ्नो परिवारसँग भेटन पाएका छन् । एनआएनए बेल्जीयमले उनलार्य…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी