फेसबुकको कार्यालय चीनमा खुल्ने

45 Hits

एजेन्सी। फेसबुकले चीनमा कार्यालय खोल्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमाथि चीनमा प्रतिबन्ध छ । तर फेसबुकले चीनमा कार्यालय खोल्नका लागि अनमति पाएको छ ।

चिनियाँ डेभलपर तथा इनोभेटका लागि कार्यालय इनोभेशन हब बन्ने फेसबुकले जनाएको छ । यदि कार्यालय खुल्यो भने चीनमा फेसबुकको पहिलो औपचारिक उपस्थिति हुनेछ । तर चीनको कार्यालय दर्ता गर्ने सम्बन्धी संस्थाले आफ्नो वेब साइटबाट फेसबुकको नाम हटाएको छ । यसको अर्थात फेसबुकलाई कार्यालय खोल्नका लागि अझै धेरै कठिनाइको सामना गर्नु पर्ने देखिएको द न्युर्योक टाइम्सले उल्लेख गरेको छ । चीन सामाजिक सञ्जालका लागि विश्वकै ठूलो बजार हो, तर चीनमा ट्वीटर, फेसबुक, युट्युबसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध रहेको छ ।

चिनियाँ प्रयोगकर्ताले चीनकै सामाजिक सञ्जालहरु विइबो, रेन्रेन र युकु चालउँदै आएका छन् । यिनीहरुमाथि चीन सरकारले निगरानी गर्न सक्छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले चिनियाँ अधिकारीलाई रिझाउने प्रयास धेरैपटक गरिसकेका छन्, तर अहिलेसम्म चीनमा फेसबुकले स्वीकृति पाएको छैन । अब भने कार्यालय खुल्ने सम्भावना बढेको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी