प्रदेश ३ मा १२ अर्ब सवारी राजस्व, कर्णालीको भने ९ करोड

61 Hits

काठमाडौं, ९ साउन ।गत आर्थिक वर्षमा सवारी राजस्वबापत सबैभन्दा धेरै रकम प्रदेश–३ ले संकलन गरेको छ । प्रदेश–३ ले आर्थिक वर्ष २०७४-०७५ मा १२ अर्ब  १३ करोड ८५ लाख ४२ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन गर्दा कर्णाली प्रदेशले जम्मा ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँमात्र सवारी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा सवारी राजस्वबापत सबैभन्दा धेरै रकम प्रदेश–३ ले संकलन गरेको छ । प्रदेश–३ ले आर्थिक वर्ष २०७४-०७५ मा १२ अर्ब  १३ करोड ८५ लाख ४२ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन गर्दा कर्णाली प्रदेशले जम्मा ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँमात्र सवारी राजस्व संकलन गरेको छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार उक्त राजस्वमा सवारीसाधान कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड–जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा रहेको छ । संघीय व्यवस्थाअनुसार अब सडक सम्भार तथा मर्मत दस्तुर र इम्बोस्ड–प्लेट जडान शुल्कबाहेकका आम्दानी प्रदेश सरकारको आम्दानी हुनेछ । यो रकम प्रदेशले ६० प्रतिशत र स्थानीय तहले ४० प्रतिशत पाउने व्यवस्था गरिएको छ ।
यातायात क्षेत्रबाट संकलित सवारी राजस्वको ५१ प्रतिशतभन्दा बढी प्रदेश–३ ले उठाएको छ । आव २०७४-७५ मा देशभरबाट २३ अर्ब ६४ करोड ९९ लाख १९ हजार ३ सय ४७ रुपैयाँ सवारी राजस्व संकलन भएको छ । प्रदेश–३ मा सवारी साधन करमार्फत ५ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । त्यसैगरी सडक सम्भार तथा मर्मत शुल्क  शीर्षकमा ५ अर्ब ३० करोड,  चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुरमार्फत १ अर्ब र  इम्बोस्ड–प्लेट जडानबाट १ करोड ९५ लाख ६८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।सवारी राजस्व धेरै संकलन गर्ने प्रदेशमा दुई–दोस्रो स्थानमा रहेको छ । आव २०७४-७५ मा प्रदेश–२ अन्तर्गतका यातायात कार्यालयले ४ अर्ब २६ करोड ९३ लाख ३० हजार २ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ  । कुल सवारी राजस्वमा प्रदेश २ को हिस्सा १८ प्रतिशत रहेको छ । यस्तै तेस्रो बढी राजस्व संकलन गर्ने प्रदेशको सूचीमा ५–परेको छ । प्रदेश– ५ ले गत आवमा ३ अर्ब ३० करोड ४ लाख ४४ हजार १ सय ५३ रुपैयाँ संकलन गरेको छ । यो कुल राजस्वको करिब १४ प्रतिशत हो ।प्रदेश १ अन्तर्गतका  यातायात कार्यालयले गत आवमा २ अर्ब १२ करोड  ६७ लाख ५१ हजार २ सय ७७ रुपैयाँ राजस्व संकलन गरेका छन् ।  प्रदेश १ सवारी राजस्व संकलनका आधारमा चौथो स्थानमा रहेको छ भने उक्त प्रदेशले उठाएको राजस्व कुल राजस्वको करिब १० प्रतिशत हो । यसैगरी गत आवमा प्रदश–४ अन्तर्गतका यातायात कार्यालयले १ अर्ब २० करोड  ५२ लाख ३ हजार ४ सय ६१ रुपैयाँ राजस्व संकलन गरेको थियो । प्रदेश–७ ले ५१ करोड ७४ लाख ६० हजार ५ सय ९० रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सबैभन्दा कम प्रदेश–६ ले ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँ मात्रै राजस्व संकलन गरेको विभागको तथ्यांकमा छ । यातायात कार्यालयले सबैभन्दा बढी सवारी साधन कर शीर्षकमा रकम संकलन गरेको छ । विभागमा अनुसार यो शीर्षकमा १० अर्ब ६५ करोड, ७६ लाख ९९ हजार रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । यसैगरी सडक सम्भार तथा मर्मत दस्तुरमार्फत ९ अर्ब ४३ करोड ३६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । यस्तैगरी सवारी चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर शीर्षकमा दुई अर्ब ८४ करोड ७० लाख रुपैयाँ र  इम्बोस्ड–प्लेट जडान मार्फत एक करोड ९५ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको विभागले जनाएको छ । प्रदेशहरूले करका दरहरू परिवर्तन गरेका कारण चालू आर्थिक वर्षमा राजस्व संकलन वृद्धि हुने छ ।

 सवारी राजस्व विवरण
प्रदेश         राजस्व (रुपैयाँमा)
१          २ अर्ब १२ करोड ६७ लाख
२          ४ अर्ब २६ करोड ९३ लाख
३          १२ अर्ब १३ करोड ८५ लाख
गण्डकी   १ अर्ब २० करोड ५२ लाख
५          ३ अर्ब ३० करोड ४ लाख
कर्णाली   ९ करोड २१ लाख
७        ५१ करोड ७४ लाख
जम्मा   २३ अर्ब ६४ करोड ९९ लाख
स्रोतः यातायात व्यवस्था विभाग

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी