सत्तापक्ष र प्रतिपक्षको टकरावले कहाँ पुग्ला समृद्धि ?

94 Hits

काठमाडौँ– डा.गोविन्द केसी प्रकरणपछि मुलुकको राजनीति स्पष्ट रूपमा दुई कित्तामा धु्रवीकृत भएको छ । प्रमुख राजनीतिक दलहरू नेकपा र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूबीच ‘वाकयुद्ध’ चलेको छ । एकअर्कामाथि विष वमनमा उत्रन थालेका छन् । यसले समृद्धि र विकासको एजेन्डा नै ओझेलमा परेको छ । तर, यो ‘वाकयुद्ध’ मथ्थर हुनेतिर चाहिँ अझै गएको छैन् ।  काङ्ग्रेसको ‘अट्याक’माथि नेकपाका उस्तै ‘काउन्टरअट्याक’ छ । स्थिर सरकारमाथि विपक्षी हमला जति छ, त्यसको बचाउँमा प्रधानमन्त्री आफैले पूरै जोड लगाएका छन् ।

कसरी सुरु भयो विवाद ?

ओली सरकारले अघिल्लो सरकारका राजनीतिक निर्णय खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयपछि सुरु भएको सत्ता र प्रतिपक्षबीचको विवाद गोविन्द केसी प्रकरणमा आइपुग्दा उत्कर्षमा पुगेको हो । केसी प्रकरणलाई काङ्ग्रेसले आफ्नो प्रतिष्ठाको विषय बनाएपछि समस्या सल्टिनुको साटो लम्बिँदै गयो । सरकार पनि केसीको परम्परागत अनशनप्रति अनुदार देखिएको छ । केसी प्रकरणसँगै काङ्ग्रेसले सरकारको निषेधित क्षेत्र घोषणा र सभामुख– उपसभामुखको विषयलाई एकैसाथ सदन र सडकमा ल्यायो ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्न थालेपछि काठमाडौँ ल्याउने सरकारको तयारी भइरहेका बेला काङ्ग्रेसले एकैदिन चारवटा निर्णय गर्यो, जुन सरकार र सरकारी कदमका विरोधमा थिए ।त्यति मात्रै होइन, काङ्ग्रेसले बैठक नै बसेर गोविन्द केसीका माग सम्बोधन नभएसम्म सदनसमेत अघि बढ्न नदिने नीति बनायो ।

जसबाट मुलुकका महत्वपूर्ण नीति निर्माण गर्ने सर्वोच्च निकाय नै लगातार अवरुद्ध हुनपुग्ने स्थिति बनेपछि सभामुख कृष्णबहादुर महराले लामो समयका लागि संसद स्थगित गर्न पुगे । यसबाट सत्तापक्ष थप चिढिन पुग्यो । त्यसो त गत फागुन ३ गते केपी ओली नेतृत्वको सरकार बनेपछि काङ्ग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख हुनथालेको एकोहोरो आरोप लगाउँदै आएको थियो । तर सरकार र सत्तारुढले प्रतिपक्षका ती अभिव्यक्ति र क्रियाकलापलाई सवालजवाफ गर्न जरुरी ठानेकोे थिएन । जब, केसीको अनशन लम्बिँदै गयो र केसीको अनशनलाई काङ्ग्रेसले आफ्नो राजनीतिक भविश्यसँग जोड्न थालेर केसीका माग नै आफ्ना माग बनाउन थाल्यो त्यसपछि सत्तारुढ दल प्रतिपक्षलाई जवाफ दिनै पर्ने अवस्थामा पुग्यो ।

५ महिनामै प्रतिपक्षको हमला

झण्डै दुई तिहाई बहुमतको समर्थनमा गत फागुन ३ गते केपी ओली नेतृत्वको सरकार बनेको थियो । स्पष्ट बहुमतको सरकारले सकारात्मक कामको सुरुवात पनि गर्दै गयो ।

जस्तो सिन्डिकेट अन्त्यको पहल, काम नगर्ने ठेकेदारमाथि कारवाही, विद्युत, सडक, रेललगायत राष्ट्रिय महत्वका योजना सञ्चालनको योजना सरकारले बनाइरहेको थियो । यति धेरै समर्थनको स्थायी सरकार बनेपछि समृद्धि र विकास आशा जनतामा सञ्चार हुने योजना सार्वजनिक हुनुलाई जनताले सकारात्मक नै लिएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी