१६ हजार मुक्त हलियाको पुर्नस्थापना गरिने

76 Hits

काठमाडौं, ९ साउन ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले प्रयाप्त योजना र बजेट नभए पनि अप्रयाप्तताबाटै चालु आर्थिक वर्ष भित्रै हलियाको पुर्नस्थापना गरिसक्नु पर्ने बताएका छन्। मन्त्रालयको अनुसार प्रदेश ६ र ७ मा मुक्त कमैयाको पुर्नस्थापना हुन सकेको छैन। सरकारले भने ०६५ साल भदौ २१ गते नै हलिया मुक्तिको घोषणा गरिसकको थियो।  हालसम्ममा १६ हजार ३ सय २२ जना मुक्त हलियाको पुर्नस्थापना हुन बाँकी छ।

सिंहदरवारमा भएको मुक्त हलिया पुर्नस्थापना सम्बन्धी अन्तरकृया कार्यक्रममा मन्त्री खनालले मुक्त हलियाको यसै आर्थिक वर्ष भित्र पुर्नस्थापना गरिसक्ने गरी काम गर्न मन्त्रालय र सम्बन्धित निकायका पदाधिकारीहरुलाई निर्देशन दिए। ‘मुक्त हलियालाई रकम दिने प्रकृया सहज बनाउने, छुटेकाको तथ्यांक संकलन गर्नेलगायतका काम अहिले नै अघि नबढाए योजना फेरी लथालिंग हुन सक्छ,’ उनले भने ‘एउटा द्रुत गतिको टिम बनाएर फिल्डमै पठाउनु जरुरी छ। स्थानीय तहसँगको समन्वयमा त्यहीँ समस्या समाधान गर्नुपर्छ। त्यसको लागि मुक्त हलिया पुर्नस्थापना समितिलाई सशक्त बनाउन आवश्यक छ ।’

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री अध्यक्ष रहेको समितिमा योजना आयोगका सदस्य, सरोकारवाला मन्त्रालयका अधिकार र मुक्त हलियाका प्रतिनिधिसहित १७ सदस्य छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी