सुरुङ फिनिसिङको कार्य तत्काल सम्पन्न गर्न खानेपानी मन्त्री मगरको निर्देशन

93 Hits

काठमाडौं :

खानेपानी मन्त्री बिना मगरले बागमतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पुर्‍याउने योजनाको निरीक्षण गरेकी छन्।

मन्त्री मगरले सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र र उक्त स्थानबाट महांकालसम्म बिछ्याइएको पाइप तथा वासआउट स्थलहरूको निरीक्षण गरेकी हुन्। सुन्दरीजलदेखि महांकालसम्म ५ वटा स्थानमा वासआउट स्थान रहेका छन्। राजधानीमा पानी वितरण गर्नुपूर्व ती स्थानबाट पाइप पखाल्ने काम आयोजना कार्यान्वयन निर्देशनलायले गरिरहेको छ।

खानेपानी मन्त्रालयले सुन्दरीजलदेखि धोबीखोलासम्म बिछ्याइएको पाइपलाई पखालेर (फ्लसिङ) गरेपछि बागमतीको पानी केही समयपछि उपत्यका ल्याएर वितरण गर्ने तयारी थालेको छ।

सुन्दरीजल प्लान्ट कार्यालयमा मन्त्री मगरलाई आयोजना कार्यान्वयन निर्देशनालयका कर्मचारीले पानी प्रशोधनको संयन्त्र तथा पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए। मन्त्री मगरले फ्लसिङको कार्य तत्कालै सम्पन्न गरी परीक्षण पश्चात पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन्। उनले निर्देशन दिँदै भनिन्, ‘पाइप पखाल्ने काम तत्काल सक्नुस्।

कहाँ कस्तो मर्मत गर्नुपर्छ, त्यो गर्नुस्। काममा कुनै ढिलाई नगरी तत्काल राजधानीमा पानी पठाउने व्यवस्था गर्नुस्।’ आयोजना कार्यान्वयन निर्देशनालयले बिछ्याइएको पाइपलाइन केही स्थानमा चुहिएको र मर्मत गर्नुपर्ने देखिएकाले तत्काल ती काम सम्पन्न गर्न समेत मन्त्री मगरले निर्देशन दिएकी थिइन्।

सुन्दरीजलबाट धोबीखोलासम्म पाइप पखालेर राजधानीमा पानी वितरण गरेपछि सोही पाइप र रिजर्भवायरबाट मेलम्चीको पानी समेत वितरण गरिने छ। सुन्दरीजलमा बागमतीको पानी जम्मा गरेर चार करोड लिटर थप पानी राजधानी भित्रिने छ।

मन्त्री मगरले उक्त अवसरमा सुन्दरीजलमा टुंगिएको मेलम्ची सुरुङको समेत अवलोकन गरेकी थिइन्। उक्त अवसरमा मन्त्री मगरले सुरुङ फिनिसिङको कार्य तत्काल सम्पन्न गर्न निर्देशन दिएकी थिइन्।

Loading...

Related News

मेलम्चीको ढिलाइमा समस्या कहाँ हाे ? खानेपानी मन्त्रीकाे यस्तो छ संकल्प

काठमाडौं, २० मंसिर । मेलम्चीको पानी काठमाडौंमा ल्याउने र काकाकूल काठमाडौंलाई तिर्खा मेटाउने कुरा हुन थालेको करिब ३० वर्ष भयो…

मन्त्री बिनाले भनिन् -‘महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव’

कंचनपुर, १५ मंसिर । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव भएको धारणा व्यक्त गरेकी छिन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी