कानुन मन्त्री शेरबहादुर तामाङले, देलान राजिनामा ?

53 Hits

काठमाडौं-

कानुन मन्त्री शेरबहादुर तामाङले आफूले अहिले नै राजीनामा  दिने निर्णय नगरेको तर दिउँसोसम्म के हुन्छ भन्न नसक्ने बताएका छन् ।तामाङले भने, ‘मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन बोलाएको छु, सबै कुरा त्यहिँ थाहा हुन्छ । अहिले राजीनामा दिने/नदिने निर्णय त भएको छैन ।’तर उनले राजीनामा दिने संकेत भने गरेका छन् । उनले भने, ‘राजीनामा दिनु पर्ने भए पनि वा नभए पनि मेरो निर्णय पत्रकार सम्मेलनमै थाहा हुन्छ ।’

सोमबार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले कानुन मन्त्री तामाङको अभिव्यक्तिमा गम्भीर आपत्ति भइरहेको भन्दै आफ्नो अप्रसन्नता व्यक्त गरेका थिए र बचाउ गर्न नसक्ने पनि संकेत गरेका थिए । मन्त्री तामाङ नेकपाका वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् । उनैको कोटामा तामाङ मन्त्री भएका हुन् । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी