उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुने

58 Hits

काठमाडौं, ७ साउन । उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यहि साउन ७ देखि १७ गते सम्म हुने भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उक्त प्रतियोगितामा पाँच टिमको सहभागीता रहने एन्फाले प्रेस विज्ञाप्तिमा जनाएको छ ।

प्रतियोगितामा एपिएफ महिन्द्रा महिला फुटबल टिम, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, काठमाडौं डिएफए र रौतहट डिएफएको सहभागिता रहनेछ । काठमाडौं डिएफए र रौटहट डिएफए मकवानपुर र रौतहटमा भएइको उपराष्ट्रिपति कप राष्ट्रिय महिला फुटबल क्वालिफायर प्रतियोगिताबाट छनोट भएर सहभागिता जनाएका हुन ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच दिनको १ बजे हुनेछ भने दोस्रो खेल काठमाडौं डिएफए र रौटहट डिएफएबिच तीन बजे हुने छ । प्रतियोगिताले आउने साफका लागि फाइदा पुग्नेछ ।

प्रतियोगिता राउण्ड रोविनको आधारमा हुनेछ । एन्फाले सहभागि सम्पुर्ण टिमलाई तयारि स्वरुप ५० हजार दिने जनाएकोछ । कुल ५० लाखको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको विजेताले टिमले २ लाख प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख प्राप्त गर्नेछ ।

त्यस्तै उकृष्ट खेलाडी र प्रशिक्षकले समान १० हजार प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार नगद प्रदान गरिने छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी