मैले देखेको त्यो नेता जसले मरुभुमीमा फुल फुलायो

91 Hits

-आस्था घिमिरे-काठमाडौँ ।  क्यारा जेड्किनको जीवनी पढेर प्रभावित भएपछि नेपाली क्यारा जेड्किनको खोजी गरे । योगमाया न्यौपाने देखि साहाना प्रधान, भद्र कुमारी घले , पम्फा भुसालहरुलाई खुब खोजे । आफ्नै देशको माटोमा नेपाली दिदी बहिनी र दाजुभाईहरुसँग आँसुमा आँसु र हाँसोमा हाँसो मिलाएर हुर्किएको । नेपाली जनताको दुःख पिडासँग प्रत्यक्ष साक्षात्कार भएको यस्ता अमुल्य सम्पत्तिहरु हाम्रो देशमा पनि प्रसस्त रहेछन् । अझै पितृसत्ताले जालो फिजाएको हाम्रो जस्तो समाजमा अरु क्षेत्रमा भन्दा राजनीतिक क्षेत्रमा सफल हुनको लागि एउटा महिलालाई कुईनाले पहरो भत्काउनु जस्तै कठिन हुँदो रहेछ । एक निश्चित समयमा भेल आएजस्तो उर्लिएर आउनु । थोरै समयभित्र कुसलता प्रदर्शन गर्न खोज्नु र अन्ततः निरास हुँदै नोकरी वा अन्य क्षेत्रतर्फ फर्कनु नेपालका राजनीति गर्न चाहने महिलाहरुको एउटा बाध्यता हो । निरन्तर राजनीतिमा टिक्नु अझै नेतृत्वसम्म पुग्न सक्नु साच्चै चानेचुने विषय होइन रहेछ ।

आफलाईु पनि यसमा एक प्रतिकुल राजनीतिक परिस्थितिमा फुल्न अंकुराउन नसकेको कोदावरी सम्झन्छु । फेरी यस्तै प्रतिकुलतालाई चिर्दै राजनीतिमा सफल हुने यस्तो पात्रको खोजी र अध्ययनको क्रमन चलिरह्यो । एउटा सफल व्यावारी हुन जति कठिन छ त्यस्तै सफल कलाकार, प्राविधिक, डक्टर, इन्जिनियर, पाईलट, नर्स, वकिल, पत्रकार, किसान या कुनै पनि क्षेत्रको सफल व्यक्तित्व बन्नका लागि मान्छेले जति जीवनभरी मुल्य चुकाएको हुन्छ । जति मिहेनत र परिश्रम गरेको हुन्छ । सफल राजनीतिज्ञ वा एउटा सफल नेता बन्नको लागि त्यसको हजारौ गुणा, हन्डर ढक्कर, बाधा व्यावधान र संघर्षहरु जेल्नु पर्ने रहेछ । एउटा सामान्य जनताको छोराछोरी राजनीतिको खुड्किलला चड्न कति कठिन हुन्छ होला सोचौ त ? पछिल्लो चरणमा नेपालमा महिला नेतृत्व विकासका सवालहरु असाध्यै चोटीलो बनेर आउन थालेको थियो ।

रुपमा केही प्रगातिका संकेतहरु देखिए पनि सारको अस्तरवस्तु अर्कै हुन्थ्यो । पुरुषँसँग चुनाव लडेर, जितेर, जनताको मत जितेर आएका महिलाहरुलाई पनि विभिन्न बहानामा कमजोर पार्ने , महिलाको हातमा नेतृत्व नदिने, महत्वपूर्ण पदहरु नदिने , चारित्रीक लान्छनाहरु लगाएर मनोवैज्ञानिक रुपमा कमजोर पार्ने र अन्ततः सखाप पारेर राजनीतिबाटै पलायन गराउने खेलहरु नेपाली राजनीतिक बृतमा अति सामान्य हो । मैले देखेको त्यो नेता जसले मरुभुमीमा फुल फुलायो । कुरो आज भन्दा बाह्र वर्ष अगाडि । म भर्खर काठमाडौ आएको थिए । क्याम्पसका गेटहरु मेरालागि वाघ जस्ता हाउबुजी लाग्थे ।

स्वभाविक जस्तो लाग्छ पनि लाग्छ भर्खर माध्यमिक शिक्षा सकेर कलेज भर्ना नभई राजनीति गर्न राजधानी आएकी किसोरीको लागि स्नाकोत्तरसम्म बढाई हुने क्याम्पसका भयानक गेटहरु पारगर्दै कक्षा कोठासम्म पुगेर संगठन बनाउने कुरा मामुलीकै विषय थियो । कुरो एकदिनको हो । बागबजार कर्यालयमा पत्रीका पढ्दै थिए । एउटी विस बाईस वर्षकी केटी कार्यालालयमा प्रवेश गरिन । रवाफ सहित पुरुष साथीहरुलाई राजनीतिक ब्रिफिङ् गर्न थालिन् । सबैले दिदी दिदी भनेर भरोसा गरेको त्यस केटीको नजिक गएर उत्सुकताका साथ नियाले । उनी आजकी खानेपनि मन्त्री बिना मगर थिईन् । त्यसपछिका दिनहरुमा मात्र मेरो काठमाडौ बसाई सहज बन्दै गयो । राजधानीको राजनीति व्यवस्थित हुँदै गयो । सहज र सितल बन्दै गए कठिनाई र उकुमुकुसहरु पनि । किनकी मैले उनलाई एउटा भरपर्दो अविभावकको रुपमा पाए, । योग्य नेताको रुपमा पाए र मनमिल्ने साथीको रुपमा पाएँ । त्यो दिन देखि मेरो नजरमा परेकी एउटी केटी आजसम्म उत्साह, रहस्य, प्रेरणाको पात्र बनिरहिन् । यो बीचमा धेरै घटनाहरु घटे ।

जीवनको आँधीले उडाएर कसलाई कता कसलाई कता पुर्यायो । आज तिनै दिनहरुको याद मेरो स्मृतिमा छन् । सबैको आशा र भरोसाको पुन्ज त दिदी त्यतिबेलै थिईन् । जब एउटा नेता फिल्डमा कुनै समस्या हुने साथै विनालाई पुकाथ्र्यो । एउटा कार्यकर्ता खल्तीमा खर्च सकिने साथै ढुक्कले बिना दिदी भन्दै टाउको कन्याउँथ्यो । रिण काटेर वा आफ्नो स्कुटीमा तेल नहालीकनै कार्यकर्तालाई खर्च पुर्याउन कार्यकर्ताकै कोठासम्म पुग्थीन् उनी । विरामी कार्यकर्ताको हस्पिटलको विल तिर्न आफै पुग्थीन् । यहाँसम्मकी जुलुस सकिएको एक घण्टासम्म नास्ता खान विना दिदीलाई कुरेर बसेको भन्ने जमात पनि देखिन्थे । भेला र सम्मेलनहरुमा उनी हावि भैहाल्थीन् किनकी उनको मिठो बोली र दमदार भनाई आकर्षक हुन्थ्यो । त्यो भन्दा पनि बढी त उनी नेता र कार्यकताको मनमा सबैभन्दा ठिटो ठाउँ बनाउथिन् । पिठ पछाडि कुराकाट्नेहरुसँग उनी कहिल्यै रिसाईनन् बरु हाँसेर सकेसम्म तिनै पात्रहरुसाई सहयोग गरिन् । अरुको जस्तै उनको पनि ईष्या गर्ने, कुराकाट्ने डाहा गर्नेहरुको कमी थिएन ।

त्यसलाई कहिल्लै गम्भिर रुपमा लिईनन् उनले । काग कराउँदै गर्छ पिनास सुक्दै गर्छ भनेजस्तो आफ्नो लक्ष्यमा पुग्न निरन्तर पाईला अगाडि बढाई रहिन् । मानिसको जीवनमा सफलता भनेको उसै नआउने रहेछ कठोर मिहेनत र परिश्रम नगरी सफलता हात काहाँ लाग्छ र ? अस्ती भर्खरै बडो किम्ती चुकाएर मन्त्रालय गए । म आजसम्म कुनै मन्त्रीलाई भेट्न गएको थिएन । नेताहरुको वरीपरी घुम्ने मेरो चरित्रपनि होइन । तर आफ्नै औला समातेर राजनीति गर्न सिकाउने व्यक्तिनै एउटा सफल विन्दुमा पुगेको खुसीमा हातेमालो नगरी त कसरी बस्न कहाँ सकिदो रहेछ र ? दिदीलाई भेट्न उनकै कार्यकक्षमा गए । भलाकुरी गर्ने थोरै भएपनि मौका मिल्यो । खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछिको उनको पहिलो चाहानानै मेलम्चीको पानीले काठमाडौ तिर्खा मेट्ने रहेछ । खुसीको सिमा रहेन । उनलाई आगामी दिनको सफल कार्यकालको सुभकामना दिएर फर्किएँ । फर्किएपछि केही शब्द कोर्न मन लाग्यो ।

एउटी किसोरी जो सामान्य परिवारमा जन्मिएकी थिई । अरु केटाकेटीहरुलाई जस्तै उसलाई पनि जनयुद्धले आकर्षण गर्यो । लाखौ हन्डर ठक्कर खाँदै । कयौ जेलनेल, यातना, प्रेम, विछोड , फेरी प्रेम, वियोग हुँदै एउटा विन्दुमा पुगिन् । आज एक हद सम्म सफल पनि भईन । ठ्याक्कै यति बेला लामो स्वस तानेर पछाडि फर्कदा व्यक्तिगत आकांक्षाहरु । रमाईलो गर्ने हास्ने, घुम्ने, साथीभाईसँग रामरमाईलो गर्ने रहरहरु चाहनाहरु, आकांक्षाहरु हराईसकेको । केवल जिम्मेवारीका गहकिला भारीहरु टाउकोमा आई परेको । आफुसँग हात पसार्न आउनेहरुको भिड कार्यकक्ष बाहिर खचाखच भएको । कोही जागिर चायो भनेर आएने । कोही यतिकाम गर्दिन पर्यो मन्त्री जीउ भनेर आउने । कोही घर फर्कन खर्च माग्न आउनेको भिड दिनदिनै जसो उनको मन्त्रालयमा लाग्ने रहेछ ।

धेरै आशा बोकेर आउने भिडहरु देखि उनी कहिल्यै झर्को मान्दि रहिन्छन् । एकछिन पनि अध्यारो चेहेरा नलागाई जब सबैको समस्या मसिनोसँग केलाएर सबैको समस्या हल गरी खुसी पारेर फर्काउने खुवी जब उनमा देखे लाग्यो । हामीले खोजेको कुसल नेतृत्व यस्तै त हो । जब सुरक्षा कर्मिहरु आज उनको सुरक्षामा अहोरात्र खटिराखेको देख्छु । तिनै जनताको छोराछोरीलाई प्रयोग गरेर यातना दिन लगाउने ती शासकहरु सम्झन्छु । साच्चै समय फेरिएको जस्तो लाग्छ । बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्थे हो रहेछ । थाहा छैन कोशी गण्डकी र कर्णालीले कति पानी बगाए वाग्मतिमा कति घैला पानी बग्यो । तराईका फाटहरु कति डुवे । पहाडका टाकुरा कति भासिए । नदिनाला र खहरेहरुले कति बाटो बदले । पतझड बनहरुले कति पालुवा फेरे । पखेराहरुमा कति आँकुरा टुसाए । कति पटक चन्द सुर्य उदाय र अस्ताए । सामाज विज्ञानमा यसले कुनै अर्थ राख्दैन ।

अर्थ राख्छ त केवल मान्छेको टाउकाहरुमा कति वैज्ञानिक सोच र अग्रगामि विचारका आँकुरा पलाए । परिवर्तित व्यवस्थाले जनताको जीवनमा कत्तिको साकारात्मक प्रभाव पार्यो । मान्छेको टाउकाहरुबाट कुईएका सोचहरु झरेर गए कि गएनन् भनेर । नविनतम् वैज्ञानिक र प्रगतिशिल सोचको पालुवा पलाए वा पलायनन् । अझै सबै भन्दा ठूलो अर्थ त जनताहरु सत्ताका मालिक भएकी भएनन् ?

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी