घातक बन्दै सामाजिक सञ्जाल

61 Hits

-शैलेन्द्र थापा-
साउदी अरबबाट इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ भनेर ठगी गर्ने समूहका नौ जना केही समयअघि पोखराबाट पक्राउ परे । पक्राउ परेकासँग सोधपुछ गर्दा उनीहरूले साउदी अरबमा रहेका नरेश राउत भन्ने व्यक्तिले भनेबमोजिम पैसा झिकेर विभिन्न ठाउँमा पु¥याउने गरेको बताए । सोही समूहको बयानका आधारमा धनुषाबाट थप तीनजना पक्राउ परे । उनीहरूले पटकपटक गरी एक करोड ३९ लाख ठगी गरेका थिए ।

गत चैत महिनामै २५ लाख रुपैयाँको पुरस्कार परेको भन्दै सर्वसाधारणबाट रकम ठगीको आरोपमा सप्तरीका १९ वर्षीइ महेश मण्डल पक्राउ परे । उनले पाँचथर फिदिमकी एक युवतीसँग २५ लाख पुरस्कार प्राप्त गर्न भन्दै ३० हजार रुपैयाँ ठगी गरेका थिए । यता कहिले ‘अमेरिकन आर्मी त कहिले अमेरिकन बिजनेश म्यान हुँ, अमेरिका लान्छु’ भन्दै करिब १२ जनाबाट डेढ करोड रुपैयाँ ठगी गर्ने सिन्धुपाल्चोकका सुलभ पण्डित ठगी आरोपमा पक्राउ परे ।
प्रेमीले बदनाम गराएर फेसबुकमा तस्बीर राखेपछि गुल्मीमा एक युवतीले आत्महत्या गरिन् । रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत निशा बस्नेतको नक्कली फेसबुक आईडी बनाएर कमल पाण्डेले आफूसँग रहेको तस्बीर राखेका थिए । यता काठमाडौंस्थित राजेश हिमाल विद्यालय कक्षा १० मा अध्ययनरत कुमार सुचीकारले आफूहरूलाई फेसबुक ग्रुपबाट हटाएको भन्दै आप्mनै साथीहरूले उनको हत्या गरे । ग्रुपबाट सुचिकारले केही साथीहरूलाई हटाएपछि बदला लिन उनको हत्या गरिएको अनुसन्धानबाट खुल्यो ।

रात्री बसमा कन्डक्टरको काम गर्ने झापाका राजा खड्का नाम गरेका व्यक्ति आफूलाई आर्मीको मेजर बताउँदै महिलालाई अस्लिल म्यासेज पठाएको आरोपमा पक्राउ परे । उनले युनिफर्मको फोटो आफ्नो फेसबुक आइडीमा राखेर पोखराकी उमा गुरुङलाई समेत झुक्याउन सफल भए । हाल उनीहरू बिहे गरेको दाबी गर्दैछन् । फोटोसपबाट फोटो बनाएर ठगी हिँड्ने उनले आधा दर्जन महिलाबाट आर्थिक लाभ लिन समेत सफल भए ।
यता फेसबुकबाट चिनजान हुँदैमा विश्वासमा परी भेट्न गएकी काठमाडांै गौशालाकी चौधरी थरकी एक युवती गोगबँुस्थित एक होटलमा बलात्कृत भइन् । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको चर्चित बलात्कार काण्डमा पनि पीडित युवती र युवकबीच फेसबुकमा नै चिनजान भएको थियो । जुन चिनजान पछि बलात्कारमा परिणत भयो । फेसबुके प्रेममा पर्दा युवती बलात्कृत हुन पुगिन् ।

विद्युतीय उपकरणको माध्यमबाट गरिने आपराधिक क्रियाकलाप नै साइबर अपराध हो । सूचना प्रविधिको विकासले आज विश्व एउटा सानो गाउँमा परिणत भएको छ भने यसले उत्पन्न गराउने अप्रिय घटना र परिस्थिति पनि उत्तिकै डरलाग्दो गरी बढेको छ । सामाजिक संजालबाट हुने यस प्रकारको अपराध व्यक्ति केन्द्रित नभई अब यसको हमला र आक्रमण संस्थासम्म पुग्ने जोखिम पनि उत्तिकै छ
विज्ञान र प्रविधिको प्रयोगसँगै ठगी, हत्या, बलात्कार, आदि कसरी भइरहेको छ भन्ने बुझ्न माथिका उदाहरण काफी छन् । सामाजिक सञ्जालले दैनिकी सहज र जीवनपद्धति विकासमा सहयोग मात्र पु¥याएको छैन, यसको गलत प्रयोग र विश्वासमा पर्दा थुप्रै विकृति र विसंगति पनि भिœयाएका छन् ।
केही समयअघि यस पंक्तिकारको मोबाइलमा ९२३०८७३३२२५३ नम्बरबाट भाइबरमा एउटा सन्देश आयो । जहाँ ‘तपाईलाई भारतीय रूपैयाँ २५ लाखको चिठ्ठा परेको छ र पूरा जानकारीका लागि केबिसीको मुख्य कार्यालयमा सम्पर्क गर्न र त्यसका लागि ह्वाट्सएप नम्बर ००९२३०४६८८८८३८ मा सम्पर्क गर्न’ समेत भनियो । अब तपाई आफैँ विचार गर्नुस्, यस्ता हावादारी रूपमा कसैले तपाईलाई सित्तैमा करिब ४० लाख रूपैयाँ चिठ्ठा भन्दै दिन्छ ? यदि यस्ता झुठा सन्देशको पछि लाग्न थालियो भने रकम प्राप्त होइन, ठगिने चाहिँ निश्चित छ ।

यस्ता ठगी, हत्या, बलात्कारबाट आफू बच्न र अरूलाई बचाउन सामाजिक सञ्जालको प्रयोग सावधानीका साथ गर्नु जरूरी छ । कहिल्यै नचिनेको र नदेखेको केटा होस् वा केटीले फेसबुकमा साथी बन्नका लागि किन रिक्वेस्ट पठाउँछन् भन्ने कुराका थप तथ्य खोज्दै हिँड्नुपर्ने जरूरी नै पर्दैन । त्यसमा कहीँ न कहीँ गलत नियम र मनसाय छ भन्ने बुझ्न ढिला गर्नु हुँदैन । फेसबुकबाट चिनजान गरेर असाध्यै न्यून व्यक्ति मात्र असल मित्र हुने वा सो सम्बन्ध केटा र केटीबीच भए बिहेसम्म परिणत हुने सम्भावना रहन्छ । यस्ता केही उदाहरण नभएका पनि होइनन् । तर धेरै फेसबुके चिनजान चाहिँ बलत्कार र हत्यामा परिणत भएका छन् भने अन्य केही ठगीको माध्यम बनेका छन् । यसमा भाइबर, इमो वा ह्वाट्स एपबाट चिठ्ठा परेको भन्दै ठग्ने र ठगिने क्रम पनि बढ्दै गएको छ ।

स्वार्थले भरिएको मायामा परेर फेसबुके आइडी सेयर गर्ने कार्य कदापी गर्नु हुँदैन । न त चिठ्ठा नै त्यति सजिलै पाइन्छ भनेर बुझ्न जरूरी छ । विभिन्न समयमा भएका सर्वेक्षणले नेपालमा मात्र झण्डै ६० लाख फेसबुक प्रयोगकर्ता रहेको देखाएको छ भने सवा करोड नेपालीको पहुँचमा इन्टरनेट पुगेको छ ।

विद्युतीय उपकरणको माध्यमबाट गरिने आपराधिक क्रियाकलाप नै साइबर अपराध हो । सूचना प्रविधिको विकासले आज विश्व एउटा सानो गाउँमा परिणत भएको छ भने यसले उत्पन्न गराउने अप्रिय घटना र परिस्थिति पनि उत्तिकै डरलाग्दो गरी बढेको छ । सामाजिक संजालबाट हुने यस प्रकारको अपराध व्यक्ति केन्द्रित नभई अब यसको हमला र आक्रमण संस्थासम्म पुग्ने जोखिम पनि उत्तिकै छ । यसबाट कतिपय चलचित्र पाइरेसीको मारमा परेका छन् भने सरकारी कार्यालयका वेभसाइट ह्याक भएका छन्, यस्तै एटिएमको पिन नम्बर चोरेर रकम ठगी गर्ने गिरोह पनि उत्तिकै सक्रिय छन् ।

यसबाट के बुझ्न सकिन्छ भने विद्युतीय कारोबार कुनै पनि बेला असुरक्षित हुन सक्छ र सामाजिक सञ्जाल दुरुपयोगको सिकार बन्न सक्ने जोखिम पनि उत्तिकै रहन्छ । यसका लागि व्यक्ति स्वयं, चनाखो बन्ने हो भने पनि यसलाई न्यूनिकरण गर्न सहयोग पुग्छ । जस्तो कि नचिनेको व्यक्तिले पठाएको फ्रेण्ड रिक्वेष्ट किन एसेप्ट गर्ने ? सित्तैमा कसैले चिठ्ठामा लाखौँ रूपयौ दिन्छ ? वा फेसबुके चिनजानको व्यक्तिलाई भेट्न एक्लै र एकान्तमा किन जाने ? आफ्नो पासवर्ड अरूलाई किन दिने ? मोबाइल, फेसबुक आइडी आदि नित्तान्त व्यक्तिगत हुन्, श्रीमान् श्रीमतीमा पनि यसको पासवर्ड थाहा दिनु जरूरी छैन भने प्रेमीप्रेमिका त अलग कुरा भयो ।

स्वार्थले भरिएको मायामा परेर फेसबुके आइडी सेयर गर्ने कार्य कदापी गर्नु हुँदैन । न त चिठ्ठा नै त्यति सजिलै पाइन्छ भनेर बुझ्न जरूरी छ । विभिन्न समयमा भएका सर्वेक्षणले नेपालमा मात्र झण्डै ६० लाख फेसबुक प्रयोगकर्ता रहेको देखाएको छ भने सवा करोड नेपालीको पहुँचमा इन्टरनेट पुगेको छ । विकिपिडियाले इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षतिलगायत अवैधानिक कार्यलाई साइबर अपराध भनिन्छ भनि परिभाषित गरेको छ ।

नेपालमा यही साइबर अपराध रोक्न र नियन्त्रणका लागि विद्युतीय कारोबार ऐन २०६३ बनेको छ र यही ऐनका आधारमा कारवाही हुने गरेको छ, तर यति हुँदाहुँदै पनि सामाजिक सञ्जाल रिस साँध्ने माध्यम पनि बनेको छ । आफसँग बिहे नभएपछि पूर्व प्रेमिकाको फोटो फेसबुकमा राखिदिने, सहमतिमै शारीरिक सम्पर्क राखेको भडियो बनाउने र पछि मनमुटाव भएपछि त्यस्ता नग्न तस्बीर र भिडियो सामाजिक सञ्जालमा राखिदिएर चरित्र हत्या गर्नेसम्मका कार्यहरू पनि नभएका होइनन् । पछिल्लो समय एक युवती यसैको सिकार भएर उजुरीका लागि प्रहरी कार्यालयमा समेत पुगेकी थिइन् । आफ्ना गोप्य कुराहरू सामाजिक सञ्जालमा राख्ने, अनावश्यक र शंकास्पद लिंक खोल्नेजस्ता कार्यले पनि साइबर अपराधको सिकार बन्न सक्छ । त्यसैले यस्ता कार्य गर्दा पनि उत्तिकै होसियारी अपनाउनु जरूरी छ भने इन्टरनेट र सामाजिक सञ्जालको माध्यमबाट हुने अपराध दिनानुदिन बढ्दै गएको सन्दर्भमा यसको खुलेर चर्चा हुन र बच्ने उपायका बारेमा घनिभुत रूपमा छलफल हुनु उत्तिकै जरूरी छ, जसले अनाहकमा हुने ठगी, हत्या, बलात्कार तथा अन्य अपराधबाट बचाउन मद्दत पुगोस् । त्यसैले सही र गलत छुट्याउन नसक्दा आउन सक्ने गम्भीर परिणामबाट बच्नका लागि व्यक्ति स्वयं सचेत हुन जरूरी छ ।
(थापा सशस्त्र प्रहरी निरीक्षक हुन्)

Related News

महिला र बाल अधिकारबारे अहिले नबोले कहिले बोल्ने ?

-लक्ष्मी बस्नेत– ‘बालश्रमको प्रयोग नगरौं’ यहि भावको नारा बनाएर गएको जुन १२ मा बालश्रम विरुद्धको दिवस मनायौं । हामी वर्षैंदेखि…

वैदेशिक रोजगारीको क्षेत्रलाई कामदारमैत्री बनाउने कसरी ?

-अनुराग देवकाेटा- सरकारले बजेटमा वैदेशिक रोजगारीको सुधारबारे कैयन शब्द खर्च गरेको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई कामदारमैत्री बनाउने विगतका सरकारी योजना…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी