जेठ २ सम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान नरोक्ने

72 Hits

काठमाडौं, ७ साउन ।
सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो ।

सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारबाहीको निर्णय गरेको थियो । सोहीअनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई अन्तिम स्वीकृति तयारी गरेको हो ।

सरकारले जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा हुने असूली रोक्न दबाब दिने र कारबाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबै खाले कामदारको श्रम स्वीकृति रोकेको थियो ।

विज्ञप्तिमा मलेसियाली सरकारले भिसा शुल्कबापत ७ सय रुपैयाँमात्र तोकेको सन्दर्भमा स्वास्थ्य परीक्षण गर्न ३९ वटा मात्र स्वास्थ्य संस्थाको सिन्डिकेट खडा गरी बायोमेट्रिक प्रणालीका नाममा प्रति कामदार चार हजार ५ सय, स्वास्थ्य परीक्षणार्थ सफ्टवेयरमा नाम दर्ता गर्ने गरी माइग्रामका नाममा तीन हजार ५ सय, पासपोर्ट संकलन गरी नेपालस्थित मलेसियन दूतावाससम्म पु¥याउने प्रयोजनका लागि वानस्टप सेन्टरका नाममा दुई हजार ८ सय, इमिग्रेसन सेक्युरेटी क्लियरेन्सका नाममा तीन हजार २ सय तथा भिसा प्रोसेसिङबापत भीएलएनका नाममा तीन हजार २ सय गरी प्रतिकामदार १९ हजार ३ सय २३ का दरले गैरकानूनी रुपमा असुलउपर गरी ठगी गरेको पाइएको जनाइएको छ ।

यस्तो गैरकानूनी कार्य गर्ने संस्थाविरुद्ध तीन अर्व १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएर न्यायिक निरुपणको प्रक्रिया चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालद्वारा जारी विज्ञप्तिमा मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन मन्त्रालय गम्भीर रहेको भन्दै गैरकानूनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी समाधान खोज्न विभिन्न माध्यमबाट पहल भइरहेको जनाइएको छ । -राजधानीबाट

Loading...

Related News

गृहमन्त्रीले सदनमा भने -निर्मलाका हत्यामा दाेषीलाइ कारवाही गरी छाड्छु

काठमाडौं, २९ भदाै – गृहमन्त्री रामबहादुर थापाले  सदनमा उठेका प्रश्नको जवाफ दिएका छन् । विगत छ महिनामा शान्ति सुरक्षा र…

सरकारले काे काे लाई बाेलाउँदै छ वार्तामा ?

काठमाडौं, १० भदौ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी