सबै शिक्षण अस्पताल राष्ट्रियकरण गर्न युवा र विद्यार्थीहरुको माग

194 Hits

काठमाडौं, ६ साउन ।
सत्तारुढ नेकपाका युवा तथा विद्यार्थी संगठनहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानको विषयमा संयुक्त धारणा सार्वजनीक गरेका छन् ।


नेकपाका चार भ्रातृसंस्थाले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी बनाउन माग गरेका छन् । वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले नौबुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रूपान्तरण गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सबै प्रदेशमा सुविधासम्पन्न सरकारी शिक्षण अस्पतालको सञ्चालन, चिकित्सा शिक्षाभित्रको छात्रवृत्तिलाई न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शी ढंगले वितरण गर्न पनि माग गरिएको छ ।

स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउन पनि उनीहरूले माग छ । जनताको करबाट तलब खाने, तर जनतालाई सेवा नदिनेलाई तत्काल कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

स्वास्थ्य शिक्षामा देखिएका सबै समस्या दीर्घकालीन ढंगले समाधान गर्न उच्चस्तरीय चिकित्सा सेवा आयोग गठन गरी अविलम्ब काम सुचारु गर्नुपर्ने, चिकित्सा शिक्षासहित जल्दाबल्दा समस्याका विषयमा सार्वभौमसत्ता संसद्मा छलफल गर्ने र निकासको साझा थलो बनाउनुपर्ने माग उनीहरूको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट समस्या निरूपण हुने भन्दै उनीहरूले डा. केसीको जारी अनशन वार्ताको माध्यमबाट तत्काल अन्त्य गर्न माग गर्दै केसीको आन्दोलनमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहीनताको अन्त्य गर्न आग्रहसमेत गरिएको छ । नेम, भाइब्रेन्टजस्ता इन्स्टिच्युटमाथि छानबिन गरी कडा कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् ।

 

Loading...

Related News

डाक्टर नै भ्रष्टाचारी ठहर : डा. भक्तमानलाई १ वर्ष कैद, १ करोड १८ लाख जरिवाना

काठमाडौं, १४ कात्तिक चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा।भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका…

डा केसी भागे : शिक्षा मन्त्रालय

मूलखबर संवाददाता काठमाडौं, १३ असोज । लगातार अनसन बसेर चर्चित वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारसँग सम्पर्कमै नआई पुन अनसनको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी