डा केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने !

182 Hits

काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने तयारी गरेका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनमा अत्याधिक बल प्रयोग गरेको भन्दै समर्थकहरु सामूहिक अनसनमा बस्ने तयारी गरेका हुन् ।

शनिबार डा.केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिइएको हो । दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका छन् । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा केसीले उठाएका विषय सम्पूर्ण नेपालीका भएकाले छिटोभन्दा छिटो डा. केसीको माग पूरा गर्नुपर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा अधिकारकर्मी कृष्ण पहाडीले सरकारले जतिसक्दो छिटो माग सम्बोधन गरी समस्या समाधान गर्नुपर्ने बताए । डा केसीको समर्थनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, लेखक खगेन्द्र संग्रौला, बलिउड अभिनेत्री मनिषा कोइरालालगायत पनि उपस्थित थिए ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए ।

Loading...

Related News

डाक्टर नै भ्रष्टाचारी ठहर : डा. भक्तमानलाई १ वर्ष कैद, १ करोड १८ लाख जरिवाना

काठमाडौं, १४ कात्तिक चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा।भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका…

डा केसी भागे : शिक्षा मन्त्रालय

मूलखबर संवाददाता काठमाडौं, १३ असोज । लगातार अनसन बसेर चर्चित वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारसँग सम्पर्कमै नआई पुन अनसनको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी