महलिसागर बाँधका कारण नेपालीकाे ७ सय हेक्टर खेत डुवानमा

224 Hits

कपिलवस्तु,  ६ साउन ।

महलीसागर बाँधका कारण बर्खाको पानीले सहज निकास नपाएपछि धुनिया, यादव र धोबीमात्र होइन पूरै चार गाउँको सात सय बिघा खेत डुबानमा परेको किसान बताउँछन्।

भगवानपुर, भैसहिया, लाहरौली, मुडिला गाउँको धानखेत डुबानमा परेको छ। सो बाँध बनेपछि बर्सेनिजसो किसानले डुबान समस्या बेहोर्दै आएका छन्। लगाएको खेती राम्रोसँग भित्र्याउन पाएका छैनन्। भारत सरकारले बर्खामा बाँधका सबै ढोका खोले खासै समस्या पर्दैन। तर यस वर्ष बाँधका १५ वटै ढोका बन्द गरिएपछि नेपाली भूभि डुबानमा परेको स्थानीय सन्तराम केबटले बताए।

भारतले सीमा क्षेत्र नजिकै बनाएको महलीसागर बाँध पनि यसैमध्येका नेपाली जमिन डुबाउने बाँधको रुपमा परिचित छ । वर्षायाममा महलीसागर बाँधले प्रत्येक वर्ष नेपाली जनताको बर्षभरिको खाने बाली धानलाई यसरी नै डुबानमा पार्ने गरेको छ ।

भारतले सिमा क्षेत्रमा बनाएको महलीसागर बाँधले मात्रै नपुगेर अस्थाई रुपमा काठ राखेर पानी छेकेपछि नेपालको धानबाली डुबानमा परेको छ । ढोका मात्र राख्न बाँकी बाँधको १५ फाटकमा एक मिटर चौडा डेढ मटिर लम्बाईको मोटा मोटा सालको पटरा राखेर पानी छेकिएको कारण नेपालीका सयौं बिधा धानखेत डुबानमा परेका छ ।
महिनादिन अघि नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले उक्त संरचना निर्माण गरेकोमा हालसम्म पनि नेपाल सरकारले औपचारिक रुपमा भारतसँग कुराकानी गर्न सकेको छैन । उक्त बाँध सिमा क्षेत्रबाट ३ सय मिटरमाभित्रैमा पर्दछ ।

भारतले सिद्धार्थनगर जिल्लामा पर्ने महलीसागर तालमा बाँध बनाएका कारण बर्खाको पानीले सहज निकास नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ। नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमास्तम्भ नजिकै बाँध छ।

भारतीय पक्षले यस बाँधलाई मर्मत गर्ने बहानमा पहिलाभन्दा अग्लो बनाएको छ। बाँधको ढोकामा काठको फल्याक राखेर पानीको बहाव रोकिएको छ। जसले गर्दा दसगजा क्षेत्रसमेत डुबानमा छ। बाँधका ढोका खोल्न आफूहरुले भारतीय पक्षलाई पकटपटक आग्रह गरे पनि सुनुवाइ नभएको अर्का किसान मोहम्मद उमरले बताए । सोही बाँधका कारण राम्ररी खेती गर्र्न नपाएको गुनासो कयुम मुसलमानको छ।

‘वर्षायाममा बाँधको ढोका बन्द गरिन्छ, हिउँदमा खोलिन्छ। यसले गर्दा सधैं नेपाली किसान मर्कामा पर्दै आएका छौं’, उनले भने, ‘पानी चाहिँदा सुक्खा हुन्छ, वर्षामा डुबान हुन्छ।’ भारतीय किसानलाई भने बाँधले फाइैदाफाइदा पुगको नेपाली किसानको भनाइ छ। दीर्घकालीन रुपमा डुबान समस्या समाधान नहुँदासम्म आफूहरु पीडित भइरहने बताउँछन् अर्का किसान धनराज यादव। उनको धानखेत पनि डुबानमा छ।

डुबानमा परेको क्षेत्र हेर्न भगवानपुर पुगेका नेपाली कांग्रेसका नेता सुधार पाण्डेयले बाँधका कारण नेपाली भूमि डुबानमा परेको बताए। उनले कूटनीतिक पहलमा यो समस्याको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिए। सरकारले यो समस्यालाई गम्भीर रूपमा लिनुपर्ने पनि उनले बताए।

यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेशकुमार पाण्डेयले बाँधका कारण हुने डुबान समस्या समाधानका लागि पहल गर्न संघीय र प्रदेश सरकारलाई आग्रह गरिने बताए। उनले यसपालि खेत डुबानमा परेका किसानलाई मालपोतमा छुट दिलाउन सक्दो कोसिस गर्ने प्रतिबद्धता जनाए।

नेपाली भूभाग डुबानमा पर्दा उत्पादनमा ह्रास हुँदै आएको छ। २०–२५ वर्षयता किसानले राम्ररी खेतीपाती स्याहार्न पनि पाएका छैनन्। स्थानीय मोहम्मद अयुब मुसलमानका अनुसार कहिलेकाहीं त खेत रोप्नुअघि नै डुबानमा पर्ने हुँदा बाँझो राख्नुपर्ने अवस्था आउँछ । बाँधका कारण रंगपुर र भइसहिया, बैदौली गाविसको भगवानपुर, कचरिहवा र लोहरौली तथा पर्सोहिया गाविसको पर्सोहिया प्रत्यक्ष रुपमा प्रभावित हुने प्राविधिक बताउँछन्।

प्राविधिकहरूका अनुसार बाँधका कारण सात सय बिघाजति खेत डुबानमा पर्छ। नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमास्तम्भ पनि वर्षाका बेला डुबानमा पर्छ। बाँध कपिलवस्तु सदरमुकाम तौलिहवादेखि करिब १० किलोमिटरको दूरीमा पर्छ।

Loading...

Related News

देशैभर बाढी र डुवान : ११ काे मृत्युु , दर्जनौं बस्ती डुवानमा, गृहकाे यस्ताे तयारी

काठमाडौं, १९ असार । देशभर अाएकाे भिषण वर्षाका कारण अाएकाे वाढी र पहिराेले ११ जनाको मृत्यु हुनुका साथै जनजीवन नराम्ररी…

वर्षाले देखाउन थाल्यो वितण्डा, २ को मृत्यु, कहाँ कहाँ भए क्षती ?

काठमाडौं, १८ असार । ढिलो गरी शुरु भएको मौसमी झरीले दुई दिनमै देशभर वितण्डा देखाउन शुरु गरेको छ । पृथ्वी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का