माेटरसाइकल ठाेक्कीदा ३ पैदल यात्रु घाइते, १ गम्भीर, स्वयमभुमा १ काे ज्यान गयाे

72 Hits

काठमाडाै‌, ४ असार ।

काठमाडौ महानगरपालिका १४ शन्तोषीमाताको मन्दिर नजिक सडक खण्डमा भएको सवारी दुर्घटनामा परी  ४ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे बा ३८ प २३ ८४ नम्बरको मोटरसाईकले बा ९६ प ४६ ०५ नम्बरको मोटरसाईकलाई ठक्कर दिई सडकमा हिडी रहेका ३ जना पैदयात्रीलाई समेत ठक्कर दिदा दुर्घटना  भएका हो ।

दुर्घटनामा परी पैदयात्री लम्जुङ घर भई हाल रविभवन बस्ने १५ वर्षीया संगिता परीयार ,३५ वर्षीया सुस्मा श्रेष्ठ, १६ वर्षीया मिना खड्का र २३ ८४ नम्बरका मोटरसाईक चालक काठमाडौं नैकाप बस्ने रंजित बानिया घाईते भएका हुन् ।

घाईते सबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । घाईते मध्ये संगिताको अवस्था भने गम्भिर रहको बताईएको छ । दुर्घटनाका संलग्न दुवै सवारी साधन र अर्का मोटरसाईक चालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी काठमाण्डौ जिल्ला हल्चोक स्वयमभुस्थित सडकखण्डमा सितापईलाबाट वनस्तलीत्रफ जाँदै गरेको बा ९६ प ५९३७ नम्बरको मोटरसाईकललाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ५६४८ नम्बरको डिब्बा(कन्टेनर) गाडिले ठक्कर दिँदा मोटरसाईकलमा पछाडी सवारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला गोर्खा सुलकोट बस्ने ६६ वर्षिय मोहन पनेरु रहेका छन् । सोहि दुर्घटनाका अर्का घाइते ३२ वर्षिय मोटरसाईकल चालक रन्जित तिमल्सेना सामान्य घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल स्वयम्भु पठाइएको छ ।

दुर्घटनामा संलग्न सवारी साधनहरु सहित डब्बा चालक महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा रहेको छ ।

Loading...

Related News

घटस्थापनामै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडाैं, २४ असाेज दशैका अासपासमा धेरै सवारी दुर्घटना हुने गरेकाे विगत छ । अाज बाट दशैं शुरू भएकाे सामाचारसँगै सवारी…

बझाङमा जीप दुर्घटना २ को मृत्यु, १२ जना घाइते

डडेल्धुरा । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी