देउवा-पौडेल विवाद मिल्यो त ?

105 Hits

काठमाडौँ,३ साउन।
नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ । सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो । देउवा र पौडेल गुटबीचको आन्तरिक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन ।मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ ।

विधान संशोधन तथा परिमार्जनका लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिए पनि विधान मस्यौदा समिति गठन हुन सकेको थिएन । मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसँग सहमति भएपछि विभिन्न केन्द्रीय विभाग गठन गर्ने विषयमा पनि सहमति जुट्ने बताइएको छ । कांग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी