विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

86 Hits

काठमाडौं, ३ साउन ।
शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका छन् । मनत्रालयमा विहिवार विहान पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पोखरेलले भने कतिपयले यो विधयेक हेर्दै नहेरी र अध्ययन नै नगरी त्यसै आलोचना गरेको देख्दा दुख लागेको छ । यो विधयेकमा माथेमा कार्यदलकै भावना र मुल विषयवस्तु समेटिएको छ ।

उनले सम्वन्धीत सबै पक्षलाई यसको अन्तरवस्तु पढेर अध्ययन गरेर मात्रै आलोचना गर्न आग्रह गरे ।
उनले अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे आफुहरु बढि नै चिन्तीत भएको र उनले उठाएका मागहरु माथेमा र्कादलको सुझावकै आधारमा हल गर्न सरकारले प्रयत्न गरिरहेकोले उहाँको उपचार पहिले गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री पोखरेलले डा केसीले उठाएका मागहरु पुरा गर्न अस्पताल नै बन्द गर्नुपर्ने वा आमरण अनसन नै बस्नुपर्ने स्थिति नभएको भन्दै त्यसलाई क्रमीक रुपमा हल गरेर जानुपर्ने बताए । कतिपय कानुनी जटिलताहरु छन् कतिपय वदलिएका परिस्थितिहरु छन् ।

हामीले छात्रवृत्तिको विषयमा माथेमा कार्यदलले ओंल्याएकै सुझावलाई समेटेका छौं र देशको क्षेत्रगत आवश्यकता र परिस्थितको आधारमा त्यो लागु गरिन्छ । अस्पताल खोल्न वा क्षमता वृद्धि गर्न केही कठिनाईहरु छन् तीनलाई सरकारले विस्तारै हल गर्छ ।

 

Loading...

Related News

राहत शिक्षकको अहिलेसम्मकै ठूलो प्रदर्शन, बिस हजार भन्दा वढि सहभागि

काठमाडौं,२२ असोज । राहत शिक्षकको रुपमा शिक्षण पेशामा सहभागि शिक्षककहरुले हालसम्मकै ठूलो प्रदर्शन राजधानीमा गरेका छन् । सरकारले अस्थायी शिक्षकहरुलाई…

डा केसी भागे : शिक्षा मन्त्रालय

मूलखबर संवाददाता काठमाडौं, १३ असोज । लगातार अनसन बसेर चर्चित वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारसँग सम्पर्कमै नआई पुन अनसनको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी