डा. केसीको मुद्धामा डाक्टरहरु नै विभाजित, आयो नोट अफ डिसेन्ट

246 Hits

काठमाडौं, ३ साउन ।
अनसरनरत डा गोविन्द केसीको पक्ष र विपक्षमा चिकित्सकहरु नै खडा भएका छन् । स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णयलाई लिएर नेपाल चिकित्सक संघभित्र विवाद देखिएको छ ।

संघको कार्यसमिति बैठकले डा. गोविन्द केसीका मागमा समर्थन गर्दै स्वास्थ्य संस्थामा हडताल गर्ने निर्णय लिँदा कोषाध्यक्ष डा. रक्षा श्रेष्ठले असहमति जाहेर गरेकी छन् ।

कोषाध्यक्ष श्रेष्ठले उक्त कार्यसमिति बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेर असहमति जाहेर गरेकी हुन् ।

नेपाल मेडिकल एसोसियनको मिति ०७५ साउन २ को बैठक र १ दिने बन्दको घोषणा मेरो असमति छ ।, श्रेष्ठले नोट आफ डिसेन्टमा लेखेकी छिन् ।

कोषाध्यक्ष डा. श्रेष्ठले डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने कुरामा आफू सहमत रहेको तर स्वास्थ्य संस्था जस्तो जनताको जीवन जोडिएको क्षेत्रमा हड्ताल गर्नु उचित नहुने नयाँ पेजलाई बताइन् । उनले भनिन्, ‘डा.केसीको जीवन रक्षाको लागि त हामी सबै नै लागिरहेका छौं, लडिरहेका छौं तर उहाँको नाममा हजारौं बिरामीहरुको बिचल्ली पार्ने काम सही होइन ।

डा. केसी पनि स्वास्थ्य संस्था बन्द गर्ने कार्यमा सहमत हुनुहुन्न जस्तो लाग्छ ।’ डा. श्रेष्ठले अस्पताल जस्तो संवदेनशिल क्षेत्रमा बन्द हड्ताल गरेर बिरामी बिचल्ली पार्नु अपराध भएको बताइन् । उनले भनिन्,‘मलाई लाग्छ डा.केसी पनि बन्द हड्तालको पक्षमा हुनुहुन्न । हामीले हड्ताल गरेर देशभरका हजारौं बिरामीलाई बिचल्ली पार्ने अपराध गर्नु हुदैन ।’

 

Loading...

Related News

डाक्टर नै भ्रष्टाचारी ठहर : डा. भक्तमानलाई १ वर्ष कैद, १ करोड १८ लाख जरिवाना

काठमाडौं, १४ कात्तिक चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा।भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका…

डा केसी भागे : शिक्षा मन्त्रालय

मूलखबर संवाददाता काठमाडौं, १३ असोज । लगातार अनसन बसेर चर्चित वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारसँग सम्पर्कमै नआई पुन अनसनको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी