जिप दुर्घटनामा पत्रकार नेता उजीर मगर गम्भीर घाइते, थप उपचारको लागि काठमाडौं ल्याइने

72 Hits

काठमाडौं, ३ साउन ।
बागलुङको सदरमुकामबाट बुर्तिवांग जाँदै गरेको जिप दुर्घटनामा परी नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजीर मगर गम्भीर घाइते भएका छन् ।
गल्कोट नगरपालिका–११ रिघा भालुपाइलेस्थित रईले खोला नजिक जिप दुर्घटना हुँदा मगर सहित १४ जना घाइते भएका छन् । बुर्तिवाङतर्फ जाँदै गरेको ध १ ज १४९ नम्बरको जिप अनियिन्त्रत भई सडक नालीमा पल्टिएको थियो ।
जिपमा सवार सबै १४ जना घाइते भएका छन् । १४ घाइते मध्ये मगर सहितचार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि बाग्लुंग बजारमा लगिएको थियो ।

पत्रकार मगरको अवस्था खतरामुक्त रहेको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीसले बताएका छन् । मगरलाई थप उपचारको लागि पोखरा लगिँदै गरेको उनले बताए । मगरलाई दायाँ अाँखा, निधार, घाँटी र बायाँ हातमा गम्भीर चोट लागेको छ । घाइते सबैको प्रारम्भीक उपचार आरोग्य अस्पताल हटियामा गरिएको थियो ।

गम्भिर घाइते हुनेमा पत्रकार महासंघका निर्वतमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगरसहित, बडीगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दीपक पुन र बडीगाड–९ का दिलेन्द्र बुढामगर रहेका छन् ।

त्यसैगरी अन्य घाइतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढा मगर र काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली रहेका छन् । त्यसैगरी अन्य घाइते हरु निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडीगाड गाउँपालिका–६ का लोकबहादुर खत्रीको उपचार आरोग्य अस्पतालमै भइरहेको छ ।

दुर्घटनाको स्पष्ट कारण पत्ता नलागेपनि जिपमा आवश्यक भन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घाइतेहरुको सिघ्र स्वास्थ्यलाभकाे कामना !

Loading...

Related News

घटस्थापनामै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडाैं, २४ असाेज दशैका अासपासमा धेरै सवारी दुर्घटना हुने गरेकाे विगत छ । अाज बाट दशैं शुरू भएकाे सामाचारसँगै सवारी…

बझाङमा जीप दुर्घटना २ को मृत्यु, १२ जना घाइते

डडेल्धुरा । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी