लागू भयो बक्स अफिस, कुनकुन हलमा लागू भयो ?

79 Hits

काठमाडौँ । साउन।सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई-टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको छ ।चलचित्र विकास बोर्डमा मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विगत लामो समयदेखि माग गरिँदै आएको बक्स अफिसको शुभारम्भ गरेका हुन्।

उपत्यकाका सबै हलमा लागू भएको हो भने उपत्यका बाहिरका हलमा माघ १ गतेदेखि लागू हुनेछ। उक्त प्रणाली जडान भएपछि प्रत्येक सिंगल र मल्टिप्लेक्स हलका सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउँछ। यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न भएका छन्। ‘बक्स अफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ।

मल्टिप्लेक्स अन्तर्गतका हलहरु

  1. सार्थक इन्टरटेन्मेन्ट (बिएसआर मुभिज), गोंगबु
  2. सेन्ट्रल सिनेमा प्रालि, सुन्धारा
  3. सिने–डि सेफ, सुन्धारा
  4. सिनेमार्क (क्युज) मुभिज, दरबारमार्ग
  5. जय नेपाल नक्साल
  6. कुमारी हल, कमलपोखरी
  7. म्याक्स इन्टरटेन्मेन्ट, बागबजार
  8. सिने स्टार प्रालि (बिग मुभिज), कमलपोखरी
  9. केएल सिनेमा सिटी, चुच्चेपाटी 
  10. ललित सिनेमा (लविम), पुल्चोक
  11. क्युएफएक्स छाया, ठमेल

सिंगल थिएटर


  1. कलंकी चलचित्र मन्दिर, कलंकी
  2. श्री सिद्धार्थ सिनेमा प्रालि, बौद्ध
  3. गोपीकृष्ण मुभिज, चावहिल
  4. विश्वज्योति, जमल
  5. अष्टनारायण पिक्चर्स, बालाजु
  6. पृथ्वी चलचित्र मन्दिर प्रालि, बौद्ध
  7. गुण सिनेमा, ग्वार्को
  8. पुष्पाञ्जली, जडिबुटी
  9. बाराही मुभिज, सूर्यविनायक

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी