पर्वतमा पहिरोले पुरिँदा एकजनाको मृत्यु, विस्थापित १६ घर–परिवारलाई सुरक्षित स्थानमा सारियो (अपडेट)

49 Hits

Remains of houses seen where seven people were killed in a landslide in Pyuthan Municipality, on Wednesday, July 27, 2016. Photo Courtesy: Pashupati Pandit

 

काठमाडौँ, २ साउन।

मंगलबारदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ वर्षीय बिकास परियारको मृत्यु भएको हो । बुधबार बिहान एक बजे एक्कासि पहिरो गएको स्थानीयबासीले बताएका छन् । ३ जना गम्भीर घाइते भएका छन्।

पहिरोले उक्त गाउँका १६ घर जोखिममा परेका छन् । घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेर व्यवस्थापन गर्ने काम भइरहेकाे पर्वतका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)  गुरुदत्त ढकालले बताए । उता, जलजला गाउँपालिका–७, धाइरिङ बास्कोटमा पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन् । स्थानीय भीमलाल आचार्यको घर पुरिँदा आचार्यसहित ३ जना गम्भीर घाइते भएका हुन् । घाइतेलार्इ उपचारका लागि धवलागिरी अञ्चल अस्पतालमा पठाइएको छ ।

 

 

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी