सरकारी र डा गोविन्द केसी वार्ता टोली : गलाउने रणनीतिमा दुवै

251 Hits

काठमाडौं –

सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसी पक्षबीच मंगलबार दुई चरणमा वार्ता भए पनि कुनै समझदारी हुन सकेन । सोमबार पनि दुई पक्षबीच छलफल भएको थियो । दुवै पक्ष आ-आफ्नो अडानबाट टसमस भएका छैनन् । एकले अर्कोलाई गलाउने रणनीतिमा दुवै पक्ष देखिन्छन् ।

पेन्डुलम बनाउन खोजियोः केसी पक्ष 

सरकारी वार्ता टोलीसँग तीन चरण वार्ता गरिसकेको डा केसी पक्षले वार्ता सकारात्मक दिशामा अगाडि नबढेको बताएको छ । केसीका मागबारे सरकार पक्ष कुरै गर्न नचाहने र अनशन तोडाउन मात्रै केन्द्रित रहेको उसको आरोप छ । वार्ताका नाममा सरकारले आफूहरूलाई अलमल्याएर ‘पेन्डुलम’ बनाउन खोजेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए । उनका अनुसार सरकारी पक्षले डा। केसीलाई सत्याग्रहीका रूपमा नभएर बिरामीका रूपमा मात्रै हेरेको छ ।

व्यक्तिको स्वास्थ्यलाई पहिलो महत्वः सरकार 

सरकारी वार्ता टोलीले भने डा. केसीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अडानलाई निरन्तरता दिएको छ । सोमबारजस्तै मंगलबारका दुईवटै वार्तामा टोली सदस्यहरूले डा. केसीलाई पहिले जुम्लाबाट काठमाडौं ल्याएर उपचार गर्नुपर्ने प्रस्ताव गरे । त्यसपछि माग सम्बोधनबारे छलफलमा जान सकिने उनीहरूको भनाइ छ ।

आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

Loading...

Related News

डाक्टर नै भ्रष्टाचारी ठहर : डा. भक्तमानलाई १ वर्ष कैद, १ करोड १८ लाख जरिवाना

काठमाडौं, १४ कात्तिक चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा।भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका…

डा केसी भागे : शिक्षा मन्त्रालय

मूलखबर संवाददाता काठमाडौं, १३ असोज । लगातार अनसन बसेर चर्चित वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारसँग सम्पर्कमै नआई पुन अनसनको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी