प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

45 Hits


काठमाडौं, ०१ साउन।

प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुँच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुदै गएको छ । कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि बढ्दै लोकप्रिय हुन थालेको जनप्रतिनिधिको भनाइ छ । पर्साले जिल्लामा विभिन्न स्थानीय तहमा यो योजना लागू भएपछि बालिका तथा किशोरीका अभिभावकले उत्साहपूर्वक सो योजनाअन्तर्गत छोरी जन्मिएपछि जन्म दर्ता गर्ने, विद्यालय पठाउनुको साथै दाइजो प्रथाजस्ता विकृति अन्त्य हुनमा बल पुग्ने र सो कार्यक्रम कोशेढुंगा सावित हुने जनप्रतिनिधिको भनाइ रहेको छ ।

गर्भमै छोरीलाई मार्ने सामाजिक विकृति अन्त्य हुने, सानैमा विवाह हुने, दाइजो प्रथाजस्ता कुरीतिलाई अन्त्य गर्नमा यो कार्यक्रमले सहयोग गर्ने भएकाले अन्य स्थानीय निकायले पनि यो कार्यक्रम लागू गर्दै गइरहेका छन् । पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’अन्तर्गत नगरपालिका क्षेत्रभित्र छोरी जन्मिएमा ३५ दिनभित्र जन्मदर्ता गराएमा बालिकाका लागि २० वर्ष उमेरसम्ममा रु १० हजारको एकमुष्ठ बीमाको व्यवस्था गरेको छ भने २० वर्षपछि मात्र छोरीको विवाह गरेमात्र सो जम्मा भएको बीमा रकम दिने बाध्यात्मक व्यवस्था गरेपछि जन्मदर्ता गराउनेको संख्या बढ्दै गएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी