आजदेखि जिल्लाका यी कार्यालय खारेज

71 Hits

काठमाडौं, ०१ साउन। संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय  (मंगलबार) देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो ।

सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ ।

—-खारेज भएका कार्यालय-
–जिल्ला शिक्षा कार्यालय
–जिल्ला जनस्वास्थ्य कार्यालय
–जिल्ला कृषि विकास कार्यालय
–जिल्ला पशुसेवा कार्यालय
–जिल्ला प्राविधिक कार्यालय
– जिल्ला वन कार्यालय
–जिल्ला बाल कल्याण समिति
– शान्ति समिति
–जिल्ला सहकारी कार्यालय
–भू–संरक्षण कार्यालय
– घरेलु तथा साना उद्योग
– महिला तथा बालबालिका कार्यालय
– जिल्ला वन कार्यालय
– जिल्ला अस्पताल
– जिल्ला सिँचाइ कार्यालय
– जिल्ला खानेपानी कार्यालय
– सहरी विकास डिभिजन कार्यालय
– जिल्ला खेलकुद विकास समिति

—मन्त्रालयका अनुसार यी कार्यालय भने जिल्लामै रहनेछन्ः
–जिल्ला प्रशासन कार्यालय
-जिल्ला प्रहरी कार्यालय
–जिल्ला हुलाक कार्यालय
–जिल्ला कारागार कार्यालय
–जिल्ला सरकारी वकिलको कार्यालय
–जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय
–जिल्ला समन्वय समिति
–जिल्ला अदालत
–जिल्ला निर्वाचन कार्यालय
–मालपोत कार्यालय
–नापी कार्यालय

तत्काललाई मालपोत तथा नापी कार्यालय जिल्लामै राखिए पनि यी कार्यालय पनि पछि स्थानीय सरकारलाई नै हस्तान्तरण हुने बताइएको छ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी