कांग्रेसले गर्यो सदन अवरुद्ध, केसीलाई सरकारले नियतवश मार्न खोजेको आरोप

181 Hits

काठमाडौं, ३२ असार, ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको संसद अवरुद्ध गरेको छ ।

चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।

लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिएका थिए । सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध विश्वकर्माले विरोध गरे ।

जुम्लामा अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । सरकार गैरजिम्मेवार बनेको छ, सर्वसत्तावादी शैलीबाट अघि बढेको छ’ उनले भने, यस्तो स्थितिमा संसद चल्न सक्दैन ।’

विश्वकर्माले बोलेलगतै कांग्रेस सांसदहरु उठेर संसदमा विरोध प्रदर्शन गरेका थिए । सभामुख महराले कांग्रेसकै सांसदले विरोधको सूचना दर्ता गरेको भन्दै प्रक्रिया अघि बढ्न दिन आग्रह गरे साथै उनले डा। केसीको अनसनबारे सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
त्यसैगरी कांग्रेस सभापति तथथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले नियतवश नै डा। गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् ।
सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको सिर्जना गरेको आरोप लगाएका हुन् ।

सरकार विवेकको बाटो नहिँडेको भन्दै देउवाले यसले गम्भीर दुर्घटना निम्त्याउने चेतावनी दिए । ‘डा। केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जिएको छ’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु ।’

आफू नेतृत्वको सरकारले चिकित्सा शिक्षामा सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको भन्दै देउवाले त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै अहिलेको जटिलताको विवेकसम्मत हल भएको दावी गरेका छन् ।

Loading...

Related News

डाक्टर नै भ्रष्टाचारी ठहर : डा. भक्तमानलाई १ वर्ष कैद, १ करोड १८ लाख जरिवाना

काठमाडौं, १४ कात्तिक चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा।भक्तमान श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका…

डा केसी भागे : शिक्षा मन्त्रालय

मूलखबर संवाददाता काठमाडौं, १३ असोज । लगातार अनसन बसेर चर्चित वरिष्ठ चिकित्सक डा. गोविन्द केसी सरकारसँग सम्पर्कमै नआई पुन अनसनको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी