कोरियाले बढायो ११ प्रतिशत तलव

62 Hits

काठमाडौं- ४० हजार नेपाली लाभान्वित हुने गरि दक्षिण कोरिया सरकारले श्रमिकको तलब झण्डै ११ प्रतिशतले बढाउने निर्णय गरेको छ । सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरेको हो ।

सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जे इनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप लागू गर्न लागिएको कोरियाली समाचार संस्था द कोरिया टाइम्सले जनाएको छ । दक्षिण कोरियामा तीन दशकपछि उच्चतम विन्दुमा तलव वृद्धि गरिएको उसले उल्लेख गरेको छ । यो निर्णयले इपिएसमार्फत दक्षिण कोरिया पुगेका नेपालीहरु समेत प्रत्यक्ष लाभान्वित हुने भएका छन्। नेपालस्थित इपिएस कोरिया शाखाको पछिल्लो तथ्याङ्क अनुसार  हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार कार्यरत छन् । नयाँ तलवमान लागु भएपछि कामदारले प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर पाउने छन् । एजेन्सी

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी