चन्द्रागिरीमा पुगेर प्रधानमन्त्रीले लेखे कविता-‘मरेपछि पनि सपना देख्न पाउँ’

90 Hits

काठमाडौं ३१ असार ।
असारको अन्तिम दिन काठमाडौंको व्यवसायीक पर्यटकीय स्थल चन्द्रागिरी पुगेर प्रधानमन्त्री के पी ओलीले सुन्दर र भावात्मक कविता लेखेर बाचन गरेका छन् ।
प्रधानमन्त्री ओलीले मरेपछि पनि सपना देख्न पाउँ भन्ने कविता त्राचन गर्दा उपस्थित सहभागिहरुले तालि पिटेर समर्थन गरेका थिए ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले चन्द्रागिरीमै कविता रचना गरेर बाचन गरेका हुन् ।

शीर्षकविनााको कवितामा प्रधानमन्त्री ओलीले सपनामा भए पनि चन्द्रागिरीमा आएर तस्विर खीचेर रम्न पाउँ भनेका छन् । उनले लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् । उनले कवितामा भनेका छन् चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष के पी ओलीले कवितामा संघर्षशील दुनियामा सधैं बाँचेको को छ र मर्नु त छँदैछ, मरि लानु के छ र मात्रै मरेपछि पनि सपना देख्न पाउँ भन्ने अंश उल्लेख गरेका छन् ।

Loading...

Related News

नेकपाको सचिवालय बैठक २१ गते, के गर्ला सचिवालयले ?

काठमाडौं, १९ असोज- सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक आगामी असोज २१ गते बस्ने भएको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री के…

नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

काठमाडौं। सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी