विज्ञकाे कुरा नसुन्ने समाज (सरकार) !

313 Hits

-उत्तम बाबु श्रेष्ठ-

अहिलेकाे संसारमा काेहि पनि मान्छे लियाेनार्दाे दा भिन्ची भएर जन्मेका छैनन् जाे विहान माेनालिसाकाे तस्वीर काेर्दथे, दिउँसाे मानिसकाे लाश चिर्दथे र राती हेलिकाेप्टर बनाउँदथे । भिन्चीमा विज्ञान, गणीत, कला, साहित्य, इन्जिनियरिङ मात्रै हाेइन, संगितदेखि वनस्पतिसास्त्र र खगाेलविज्ञानसम्मकाे विविध तर भिन्न बिषयमा अभूतपूर्व ज्ञान थियाे । ज्ञानकाे फराकिलाेपनसँगै यतिखेर भिन्ची जन्माउन खाेज्नु असंभव छ ।

अाजकाे दिनमा अपरेशन थियटरमा पुगेकाे मान्छेले डाक्टरलाइ तपाइमाथि मलाइ विश्वास छैन् मलाइ नचिर्नु भनेर भन्दैन ।

मानिसले प्रगति गर्दै जाँदा एउटै मानिसले हरेक क्षेत्रमा बिषेशज्ञता हासिल गर्न कठिन हुँदै गयाे र श्रम र विज्ञताकाे बिशिष्टकरण हुनथाल्याे । डाक्टर, इन्जिनियर, पाइलट, प्राध्यापक, किसान, कुक, सिकर्मी अादी बन्ने बनाउने प्रकृया शुरू भयाे । त्यसरी विशिष्टकृत भएपछि कार्यसम्पादन चुस्त, भरपर्दाे र विश्वसनिय हुन थाल्याे । समाजमा प्रत्येक्ष वा अप्रत्येक्ष रूपमा विशिष्टिकरणलाइ मान्यतादिने त्यसलाइ विश्वास गर्ने प्रणालीकाे विकास भयाे । अाजकाे दिनमा अपरेशन थियटरमा पुगेकाे मान्छेले डाक्टरलाइ तपाइमाथि मलाइ विश्वास छैन् मलाइ नचिर्नु भनेर भन्दैन । विमानकाे ढाेकामा पुगेकाे यात्रु अाेहाे याे पाइलटले जहाज दुर्घटना गराउँला भन्दै फर्कदैन । अर्थात हामीले तत् क्षेत्रका विज्ञता हासिल गरेका मानिसहरूलाइ विश्वास गर्छाैं जसले हाम्राे जीवन सजिलाे बनाएकाे छ ।

विज्ञ भनेकाे के हाे ? याे प्रश्न निकै जटिल छ । डाक्टरीकाे किताव पढ्दैमा, मानिसलाइ चिर्न जानेकाे अनुभव लिदैमा, वा त्यसकाे जानेकाे प्रमाणपत्र हासिल गर्दैमा त्यस क्षेत्रकाे विज्ञ नहुनसक्छ व्यक्ति । प्लेन उडाउन जान्दैमा उड्यान क्षेत्रकाे विज्ञ भइहाल्छ भन्ने पनि हाेइन । विज्ञ हुनकाे लागि पढाइ, अनुभव, सहयत्रीकाे विश्वास, क्षमता, दक्षता भन्दा पनि ठूलाे कुरा हाे — विश्वसनियताकाे अार्जन । कसैले भनेकाे कुरा अाधिकारीक लाग्नपर्याे (त्यसैले हामी अाधिकारीक भनाइ हाे भन्दै साेध्दछाैं) । त्यसकाे लागि माथिका सबै कुरा चाहिन्छ र त्यसमा अब्बल हुनै पर्दछ । इन्टरनेटकाे उदयसँगै यतिखेर गुगलमा खाेजेर, विकिपेडिया घाेकेर र पत्रिका पढेर कुनै विषयकाे ‘विज्ञ’ भन्ने वा बन्ने चलन छ जसले असली विज्ञलाइ र स्थापित ज्ञानलाइ चुनाैति दिने मात्रै हाेइन, साेझै नकार्दछ ।

उदाहरणकाे लागि माथेमा प्रतिवेदन र त्यसमाथिकाे वादविवाद (वहस हाेइन) लाइ लिन सकिन्छ । त्यो प्रतिवेदन तयार गर्ने कार्यदलमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिनहरू मदनकुमार उपाध्याय, रमेशकान्त अधिकारी, पाटन अस्पतालका पूर्व निर्देशक डा. अर्जुन कार्की र गंगालाल अस्पतालका पूर्व निर्देशक डा. भगवान कोइराला थिए। उनीहरू बास्तवमै माथिकाे परिभाषा अनुसार तत् बिषयका विज्ञ हुन् । उनीहरूले समाजकाे वहुहिस्साकाे विश्वास अार्जन गरेका छन् पढाइ, अनुभव, दक्षता, क्षमता इमान अादीकाे अाधारमा ।

अक्सर मानिसकाे स्वभाव त्यस्ताे ‘अर्ति दिने’ मान्छेहरूबाट तर्कने नै हुन्छ किनभने उसलाइ अाफ्रनाे निर्णय सर्वाेत्कृष्ठ लागेकाे हुन्छ ।

अचम्म लाग्छ, उनीहरूकाे कुरा नसुनियकाे देख्दा । हाे, उनीहरूले भनेका कुरामा वहस (discuss) गर्न सकिन्छ तर अाफ्रनाे पूर्व निर्धारित अाग्रह (confirmation bias) काे अाधारमा अनावश्यक वादविवाद (argument) हाेइन । सुसूचीत वहस (well-informed discussion) ले प्रजातन्त्रलाइ समुन्नत बनाउँछ । तर वहस तब मात्र हुन्छ, जब बाेलिने भन्दा ज्यादा अरूकाे कुरा सुन्ने गरिन्छ । सरकारका एकाध सदस्यलाइ तिमीले गरेकाे मिलेन, यसरी गर्न हुदैन थियाे, याे काम यसरी गर्नु पर्दथ्याे भन्ने मान्छेहरू मन नपर्न सक्छन् ।

अक्सर मानिसकाे स्वभाव त्यस्ताे ‘अर्ति दिने’ मान्छेहरूबाट तर्कने नै हुन्छ किनभने उसलाइ अाफ्रनाे निर्णय सर्वाेत्कृष्ठ लागेकाे हुन्छ । निर्णय क्षमताकाे अाफ्रनाे अधिकार जसले पनि गुमाउन चाहदैन । त्यसमा अरू हावी भएकाे देख्न रूचाउँदैन । प्रत्येक व्यक्तिमा त्याे गुण धेरथाेर हुन्छ । तर जब त्याे व्यक्तिगत गुण समाजकाे अाचरणमा परिणत भएर ‘कुरा नसुन्ने’ हुनपुग्छ तब त्याे सबैभन्दा खतरनाक हुन्छ । वर्तमान सरकारकाे प्रम र मन्त्रीहरूकाे व्यक्तिगत गुण समग्र सरकार संचालनकाे विशेषता बन्नु खतरनाक छ ।

Loading...

Related News

क्लिन फिड नीति : के हाे ? कसरी हुन्छ नेपाललाई नाफा ?

-लक्ष्मण हुमागाईँ – सामाजिक सञ्जाल सामयिक जनमत बुझ्ने सशक्त माध्यम बन्दै गएको छ । विश्वभर देखिएको यो लहरबाट नेपाल अछुतो…

के हाे योग ज्ञान बिज्ञान ?

-अधिवक्ता सुदर्शन जोशी (बिद्यावारिधी सोधार्थी) योग ज्ञान बिज्ञान हो । हाम्रो जिवनमा प्रत्यक पल पलको लागी यसको आबस्यकता र महत्व…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का