जारी छ टिपर आतंक, दिनदाहाडै सोल्टीमोडमा लियो एक युवतिको ज्यान

223 Hits

काठमाडौं, ३१ असार ।
टिपरको ठक्करबाट शनिबार दिउँसो राजधानीको सोल्टीमोडमा एक जनाको ज्यान गयो ।  एउटै लेनबाट कलंकीतर्फ गइरहेको ना७च ९४७५ नम्बरको टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बा९६प ४८११ नम्बरको मोटरसाइकलमा सवार चितवन भरतपुर–१३ स्थायी घर भएकी १८ वर्षीया अनुजा घिमिरेले टिपरको ठक्करबाट अकालमै ज्यान गुमाउनुपरेको हो । मोटरसाइकलका चालक अनुज घिमिरे घाइते छन् । अनुज अनुजाका दाजु हुन् ।

उपत्यकामा जेठ र असार महिनामा मात्रै टिपरको ठक्करबाट अनुजासहित १५ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकामा गएको जेठ महिनामा सात र चालू असार महिनाको हालसम्म आठ जनाको मृत्यु भइसकेको छ । गृह मन्त्रालयले टिपरको ठक्करका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ट्राफिक प्रहरी महाशाखाका प्रमुखलाई गत बुधबार एकैठाउँ राखेर दुर्घटना कम गर्न छलफलसमेत गरेको थियो ।
बुधबारको सो छलफलमा १ साउनबाट उपत्यकाका तीन जिल्लामा रातिको समयमा मात्रै टिपर चल्न दिने तर दिउँसो चल्न रोक लगाउनेगरी समयको व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई निर्णय गर्ने अधिकार दिएको थियो ।

तर, उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले भने दिउँसोको समयमा चल्न बन्देज लगाउनेगरी राति मात्रै सञ्चालन गर्न दिनेबारे कुनै निर्णय नभएको बताए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले टिपर सञ्चालनका लागि समय व्यवस्थापन गर्नु भन्ने आदेश भए पनि हाल त्यस्तो कुनै निर्णय नभएको बताए ।

तर, चक्रपथभन्दा बाहिरका हकमा भने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समयको व्यवस्थापन गर्न गृह मन्त्रालयबाट आदेश भएको उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा ११६ वटा दुर्घटना भएका छन् । जसमध्ये ४१ वटामा टिपर संलग्न रहेको तथ्यांक छ ।

गत मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । ट्राफिक प्रहरी महाशाखाले अनुभव नभएका चालक र कमजोर सजायका कारण टिपरका कारण दुर्घटना बढेको बताउँदै आएको छ । यस्तै, एकै लेनबाट हतारमा ओभरटेक गर्ने संस्कारका कारण पनि पछिल्लो समय दुईपांग्रे सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
टिपरको ठक्करबाट राजधानीमा धेरैजसो मोटरसाइकल तथा स्कुटरमा सवार व्यक्ति र पैदल यात्रुको मृत्यु हुने गरेको छ । तीव्र गतिमा चलाइने गरेका कारण र लेन पालनामा अटेर गर्ने गरेका कारण पनि टिपरको ठक्करबाट धेरैको ज्यान जाने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

Loading...

Related News

झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

झापा, २५ कात्तिक झापामा पिकअपको ठक्करबाट एक महिलाको ज्यान गएको छ । झापाको कनकाई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा…

तिहारकै मुखमा जीप दुर्घटना, १० को मृत्यु, २ गम्भीर

काठमाडौं, १९ कात्तिक – तिहारकाे रमझमले देशभर खुसी छाइरहेका बेला डाेल्पामा भने सडक दुर्घटनामा १० जनाले ज्यान गुमाएकाेे दुखद खबर…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी