अनसन ताेडेपनि गंगामायाले अस्पताल नछाड्ने !

48 Hits

काठमाडौं, ३० असार –

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनरत गंगामायाको अनशन शुक्रबारबाट तोडिएको छ । उनी वीर अस्पतालमा अनशन बसेकी थिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर तामाङद्वारा हस्ताक्षरित २ बुँदे पत्र पनि गंगामायालाई दिइएको थियो ।

पत्रमा २०७२ असोजमा जनाइएको ५ बुँदे प्रतिबद्धता कार्यान्वयन गर्ने उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ

गंगामायाको अनशनलाई नजिकबाट हेर्दै आएका र उनको जीवनरक्षाका लागि आवाज उठाउदै आएका नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गंगामाया अनशन तोडे पनि अस्पतालमै रहेको र गंगामायाको बसोबासको लागि सरकारले व्यवस्था गरिदिनुपर्ने बताए ।

‘उहाँ अस्पतालमै हुनुहुन्छ, कहाँ जाने भन्ने टुंगो छैन, सरकारले ध्यान दिनुपर्छ’, अर्यालले भने

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी