आशा गरिएको चलचित्र ‘वीराङ्गना’ (ट्रेलर सहित)

141 Hits


काठमाडौं ,२९ असार ।
अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही अभिनित चलचित्र ‘वीराङ्गना’ आजबाट देशभर रिलिज छ। फिल्ममा शिल्पा तथा अनुपका अलावा पृथ्वी राज प्रसाईं, धीरेन शाक्य, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजालको अभिनय रहेको छ। यससँगै फिल्ममा घोडा तथा बाँदरलाई समेत हाइलाइट गरिएको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ । फिल्मलाई काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनिले वितरण गरेका हुन् ।

अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म हो ‘वीराङ्गना’ । दुवै यस फिल्ममा शसस्त्र प्रहरीको भुमिकामा प्रस्तुत छन् । भिलेनमा सर्वाधिक रुचाइएका अनुप र एक्सन अवतारमा फिट मानिने शिल्पाको केमेष्ट्रीको ‘वीराङ्गना’ को गीतसंगीत र ट्रेलरबाट राम्रो ‘फिडब्याक’ मिलेको छ । अब हलमा फिल्म कस्तो चल्ला ? यो हेर्न बाँकी छ । महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी