‘थाई गुफा अब संग्रहालय, उद्धारबारे फिल्म’

61 Hits

बिबिसी/दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एकजना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन्।अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइनेछ।कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन्।उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्षक अहिले अस्पतालमा उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छन् र उनीहरूको स्वास्थ्य जाँच एक सातासम्म चल्नेछ।

थाई जल सेनाले उद्धारको नाटकीय भिडिओ सार्वजनिक गरेको छ।त्यसमा जोखिम मोलेर उद्धारकर्ताहरूले कसरी त्यो काम सफल पारे भन्ने देखाइएको छ।ताम लुङ्ग थाईल्याण्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएका कारण पर्यटकहरू खासै जाँदैनन्।यद्यपि प्रधानमन्त्री प्रायुथ जनोचाले गुफाभित्र र बाहिर पर्यटकहरूलाई सुरक्षित राख्ने सावधानीका उपायहरू अपनाइनुपर्नेमा जोड दिएका छन्।

उद्धारकार्य सम्पन्न हुनुअगावै प्रेरणादायी इसाई चलचित्रहरू बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माताहरू त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरूसँग आफ्नो सम्भावित फिल्मको लागि अन्तर्वार्ता गरिराखेको बताएका थिए।तर लस एन्जलसको अर्को कम्पनी इभान्होई पिक्चर्सले भने आफूहरूलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि ‌औपचारिक रूपमा छानेको बताएका छन्।गुफामा फसेको समुहका सबै जनालाई अहिले उद्धार गरिएको छ र उनीहरू अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्।उनीहरूका पीडा र उनीहरूलाई बाहिर निकाल्न तीन दिन निरन्तर चलाइएको कारबाहीले विश्वको ध्यान तानेको थियो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी