विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्न गृहमन्त्रीको निर्देशन

38 Hits

काठमाडौं ,२९असार ।
सरकारले अविरल वर्षासँगै आइपर्न सक्ने सम्पूर्ण विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। बिहिबार गृहमन्त्रालयमा बसेको विपद् व्यवस्थापन र न्यूनीकरणसँग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री राम बहादुर थापाले विपद्को तत्काल सम्बोधन गर्ने गरी सम्पूर्ण रूपले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

गृहमन्त्री थापाको अध्यक्षतामा बसेको बैठकले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो।बैठकमा सहभागी विपद् जोखिम न्यूनीकरण महाशाखाका सहसचिव केदार बहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसँग आवश्यक समन्वय गरी आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय भएको जानकारी दिए।सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेको भन्दै उनले जस्तोसुकै विपद्का लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको बताए।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी