सिन्धुपाल्चोक दुर्घटनामा ५ जनाको ज्यान गयो
July 13, 2018 | 10:08 am    
114 Hits

मूलखबर,२९असार ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्लेडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप सल्लेडाँडाको भिरबाट ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।दुर्घटनामा परि पाँचपोखरी थाङपालधाप गाउँपालिका – ३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । बिहीबार बेलुका भएको दुर्घटनामा चालक सहित अन्य ८ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जीपमा १३ जना सबार रहेका थिए । घाइतेहरुको काठमाडौंका जोरपाटीमा रहेको मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको उनले जानकारी दिए ।

Loading...