युजरले प्रयोग गरेको किबोर्ड र माउसको चालमा निगरानी राख्छौं : फेसबुक

73 Hits

मोवाइलमा कति ब्याट्रि छ भन्ने पनि थाहा पाउँछौं । ‘क्यामब्रिज एनालिटि’ का डेटा लिक भएको विवादमा उठेको प्रश्नको उत्तर फेसबुकले दिएको छ । क्यालिफोर्निया ‘क्यामब्रिज एनालिटि’ को डेटा लिक भएको विवादमा फेसबुकले अमेरिकाको उच्च सदनमा यु एस सिनेटमा जवाफ दिएको छ । जसमा उनले सजिलै भने कि फेसबुक युजरको निजी जानकारी, के मनपर्छ के मनपर्दैन भन्ने उसले चलाउने हरेक किर्बोड र माउसको चालबाट थाहा पाउन सकिन्छ । कुनै व्यक्तिले कम्प्युटरमा फेसबुक लग ईन गरेको छ भने उनको माउस र किबोर्डको हरेक क्लिकबाट फेसबुकले थाहा पाउँछ कि युजरले आफ्नो धेरै समय कुन विषयमा लगाउँदैछ । सोही हिसाबले फेसबुकले अरु कन्टेन्टहरु सिफारिस गर्ने गर्दछ ।

यसरी निगरानी राख्छ फेसबुकले

  • डिभाइस इन्र्फोमेसन
  • हामी जुन कम्प्युटर, मोवाइल या अन्य तरिकाबाट फेसबुक खोल्छौं त्यसको जानकारी फेसबुकले राखेको हुन्छ । प्रयोग गरको मोवाइलमा कति खाली ठाँउ बाँकि छ, कस्तो फोटो छ र कसको नम्बरहरु राखिएको छ भन्ने सबै जानकारी फेसबुकले राख्दछ ।
  • ऐप इन्र्फोमेसन
  • हाम्रो मोवाइलमा कुन कुन ऐप छ र प्रत्येक ऐपलाई कति समय दिन्छौं र भन्ने जानकारी पनि फेसबुकले राखेको हुन्छ ।

यस्ता सम्पूर्ण जानकारी फेसबुकले युजरको नाममा सञ्चित गरेको हुन्छ ।

  • डिभाइस कनेक्सन
  • नेटर्वक र वाई फाई कनेक्सनको जानकारी पनि फेसबुकले राखेको हुन्छ । कुन वाई फाई नेटवर्क प्रयोग हुँदैछ सम्पूर्ण जानकारी राख्दछ ।
  • र युजरको लोकेसन पत्ता लगाउन फेसबुक डिभाइस जि पि एस मा पनि निगरानी राख्ने गर्दछ ।
  • व्याट्रि लेभल
  • युजरको ब्याट्रि लेभल हेरेर मात्र ऐप अपड्ेट गर्नेगर्छ, सोही कारण फेसबुकले ब्याट्रि लेभलमा पनि निगरानी राख्ने गर्छ ।
  • क्यामरा इन्फर्मेसन
  • फेसबुकले युजरले प्रयोग गर्ने क्यामरा र माइक्रोफोनमा पनि कडा निगरानी राखेको हुन्छ । यसबाट नै फेसबुकले युजरलाई ऐप फिल्टर र अन्य नँया फिचरको सुझाव दिने गर्दछ ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी