तत्कालिन माओबादीका एक सेना, बालकुमार श्रेष्ठको प्रेरणा स्रोत

220 Hits

माओबादीले २०५२ साल बाट शुरुवात गरेको जनयुद्द ताका नेपालि लोक दोहोरि, ब्यबसायिक रुपमा त्यति फ़स्टाउन सकेको थिएन। रेडियो नेपालबाट सुनिने लोक भाकाहरु,गाउँका तरुना-तन्नेरी,बुढा बा-आमाले गाउने घासे गीतहरु अहिलेका चर्चित लोक गायक बालकुमार श्रेष्ठका लोक गायनका आधारहरु हुन् । त्यसबेला गाउँमा माओबादि छापामारहरुको ओहोर-दोहोर टन्नै हुने गर्थ्यो। बालकुमार आफ्नो घर नजिकै बाख्रा चराउदै गित गाउदै थिए । सानै देखि गित गाउनमा रुचि राख्ने बालकुमार सायदै त्यो दिन एक जना माओबादी छापामारले गर्दा जिबनको पाटो परिबर्तन भएको ठान्छन । बाख्रा चराउदै गाएको गित ति माओबादि छापामारले सुनेर धेरै पटक बालकुमारलाई गाउन लगाए । धन बहादुर लामा नाम गरेका ति छापामारलाई उनले गाएको गित मन परेछ, हिन्ने बेलामा बालकुमारलाई ५ रुपिया छोडेर गए। ति छापामारले दिएको ५ रुपैया सानो रकम भए पनि गित गाउने बालकुमारका लागि त्यो पैसा अनि ति छापामार प्रेरणाको स्रोत बन्यो। स्कुल पढ्दै गरेका उनीलाई मनैदेखि झन् गित गाउने रहर जगायो ति छापामारले देखाएको उनको स्वर प्रतिको मायाले ।


ओखलढुंगा रंगनी, जिल्लाकै ईतिहासमा संगीतको आधार भएको ठाउँ,नेपालका बरिष्ठ लोक गायक, संचारकर्मी पाण्डब सुनुवारको गाउँ । बालकुमारलाई पनि पाण्डब सुनुवार जस्तै हुने ठुलो मन थियो । आज त्यो रहर पुरा भएको छ बालकुमारको । किनकि उनि नेपालका चर्चित लोक दोहोरि गायक मध्यमै अग्रस्थानमा आउँछन्।


सामान्य परिवारका बालकुमार,गाउँमा माध्यमिक शिक्षाको अध्ययन सकेर २०६३ सालमा गीत गाउनकै लागि राजधानी झरेका हुन्। उनले गाउँकै चुली प्राबि,नर्मदेस्वर निमाबि, र चण्डेस्वरि उमाबी बाट आफ्नो माध्यमिक शिक्षा पुरा गरेका हुन् । राजधानीमा अध्ययन गर्दै गरेका उनले अभिनय कलाको पनि औपचारिक अध्ययन गरेका छन् ।


बुबा लाल नारायण श्रेष्ठ र माता भोज कुमारी श्रेष्ठको कोखबाट २०४८ सालमा ओखलढुंगा रगनि गैरा गाउँमा जन्मिएका उनि लोक गायन क्षेत्रमा सानो उमेरमै अहिलेको सफलतामा आईपुग्ने मध्येका एक हुन् । उनले सरकारी जागिर खान नखोजेका भने हैनन्। तर कारणबस सकेनन। जागिर खाने आशामा राजधानीका होटलमा उनले धेरै दुखले काम गरे केहि बर्ष । होटलमा भाँडा माझे,ज्यामी काम गरे,तर गीत गाउने सपना बोकेका बालकुमारले आफुले काम गरेर जम्मा गरेको अलिकति पैसा र आफ्नो अनुरोधमा बाबा-आमाले दिएको ५०,००० ले दशैं आयो नामक पहिलो गित रेकर्ड गराए। गित बजारमा आएपछि भने बालकुमारको कलाको चर्चा हुन् थाल्यो। त्यसबेला सम्म सांगीतिक जीवनका धेरै हस्तीहरुलाई उनले चिनीसकेका थिए । त्यसपछि त उनलाई गित गाउँन दिनेको पनि लर्को नै लाग्यो । पहिलो गीतले चर्चा पाए संगै उनले धर-धर आँशु,आँशुको तलाउ, लगाएतका गितहरु गाए । उनको स्वरका पारखीहरुले दोहोरि साँझमा गाउँन हौसला पनि दिए । अहिले उनि निरन्तर दोहोरि साँझमा गाउँछन्।


बाल कुमार श्रेष्ठले गाएको ‘मेरो प्यारो ओखलढुंगा’मा भन्ने गित अहिले पनि ओखलढुङ्गेलिहरुको मन-मनमा बस्न सफल छ। रास्ट्रिय लोक दोहोरि प्रतिष्ठानमा आबद्ध उनि सगरमाथा कला प्रतिष्ठान ओखलढुंगाका अधक्ष्य समेत हुन्। विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित बालकुमारले पछिल्लो समय गाएको’ हौ लुङ्गा -घर हाम्रो ओखलढुंगा ‘ भन्ने पुर्बेली भाकाको लोक गित अहिले चर्चाको शिखरमा छ ।


नेपालका चर्चित लोक दोहोरि गायक गायिकासंग दर्जनौं गित गईसकेका उनले अझैपनि कतै नडग्मगाई आफ्नो काम र संगीत यात्रालाई जारी राखेकै छन् । नेपालभरि हुने विभिन्न मेला महोत्सबमा उनलाई निम्ता हुने गर्छ। उनि भन्छन अहिलेसम्मको जिन्दगि आवाजबाटै धानेको छु । कर्ममा बिश्वाश राख्ने उनि काम संगै नाम रहेकोमा पनि दङ्ग छन्।
नोट- बाल कुमार श्रेष्ठको संगीत यात्रा केहि समय पछि पुरै हेर्न सकिने छ।

-भिडियो- मेरो प्यारो ओखलढुंगामा…

-प्रस्तुति- लिला श्रेष्ठ

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी