उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्ने

53 Hits

मूलखबर,२८ असार । जारी विश्वकपको फाइनल समीकरण पूरा भइसक्दा फाइनल भिड्ने अन्तिम दुई टोलीको टुंगो लागेको छ । फाइनल खेल आइतबार रुसको राजधानी मस्कोस्थित लुझनिकी स्टेडियममा राति ८:४५ बजे हुनेछ। फाइनल पुग्नुअघि जारी विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनालाई दुवै टोलीले पराजित गरेका थिए । क्रोएसिया जारी विश्वकपमा समूह चरणको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । अर्जेन्टिना सम्मिलित समूह ‘डी’मा रहेको क्रोएसियाले समूह चरणको खेलमा अर्जेन्टिनालाई पराजित गर्दै आफू विश्वकप फाइनलका लागि सक्षम भएको सावित गरिसकेको थियो । समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनालाई ३-० ले पराजित गरेको थियो । क्रोएसियाका लागि आन्टे रेबिक, लुका मोड्रिक र इभान राकिटिकले समान १-१ गोल गरेका थिए । यस्तै, फ्रान्स शीर्ष १६ मा अर्जेन्टिनालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिना ४-३ ले फ्रान्ससँग पराजित भएको थियो । फ्रान्सका लागि युवा खेलाडी केलियन बाप्पेले दुई गोल गरे ।

फ्रान्सको विश्वकपमा फाइनल यात्रा यो तेस्रो पटक हो भने क्रोएसियाको पहिलो ऐतिहासिक विश्वकप यात्रा हो । फ्रान्स सन् १९९८, २००६ र २०१८ मा फाइनल पुगेको हो । १९९८ मा आफ्नै माटोमा आयोजना भएको विश्वकपमा फाइनल पुग्दै पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि २००६ मा जर्मनीमा भएको विश्वकपमा फाइनल पुगेको थियो । फाइनल खेलमा इटालीसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित हुँदै रनरअप भएको थियो । क्रोएसिया सन् १९९० पछि युगोस्लाभियाबाट स्वतन्त्र भएपछि १९९८ मा पहिलो पटक सहभागिता जनाएको थियो । १९९८ मा निकै उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको थियो । यो नै क्रोएसियाको विश्वकपमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो । तर, क्रोएसियाले आफ्नै विश्वकप इतिहासलाई तोड्दै पहिलो पटक विश्वकपको फाइनल पुगेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी