भारि बर्षाको असर- भक्तपुरमा ३ को ज्यान गयो,धेरै स्थान डुबानमा

31 Hits

मूलखबर,२८ असार ।

बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षासंगै आएको बाढीका कारण विभिन्न ठाउँ डुबानमा परेका छन् भने केहि स्थान पहिरोको उच्च जोखिममा परेका छन् । पछिल्लो २४ घण्टामा पूर्वका केही स्थान, मध्य र पश्चिम तराइका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लगातारको वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा तीन जनाको मृत्युसमेत भएको छ । महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ ।

यता मध्यपुरथिमि नगरपालिकाको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्तीमा रहेका घरहरुको तत्लो तला सबै डुबेका छन् । सूर्यविनायक नरपालिकामा चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेगमा डुबान भएको छ ।राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् ।

काठमाडौंमा पछिल्लो २४ घन्टामा ८८ मिलिमिटर वर्षा भएको विभागले बताएको छ । त्यसैगरी मध्य, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । वर्षाको क्रम तत्काल नरोकिने जानकारी गराउँदै मौसमविद्हरुले सतर्क रहन अपिल गरेका छन् । नदि किनारका वासिन्दालाई सुरक्षित स्थान तर्फ जान र पहिरोको जोखिममा रहेका स्थानीयलाई घर बाहिर बस्न सुझाव दिएका छन् ।

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी