मन्त्री खनालले दिए कलंकी मालपोतका हाकीमलाई १४ बुँदे निर्देशन

22 Hits

काठमाडौं ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफ्नो मनत्रालय मातहतको कलंकी स्थित मालपोत र नापी कार्यालयमा छड्के अनुगमन गरी १४ बुँदे निर्देशन दिएका छन् ।

राज्यमन्त्री रामकुमारी चौधरी र सचिव गोपीनाथ मैनाली सहित मन्त्रालयको टोलीद्धारा कांलंकी मालपोत कार्यालयको बुधबार अनुगमन गर्दै मन्त्री खनालले जनताले गरेका गुनासोहरु हल नगरिए राम्रो नहुने चेतावनी पनि मालपोतका हाकिमलाई दिएका छन् ।
ऋनुगमनको क्रममा भेटिएका सेवाग्राहीहरुका गुनासोहरु सहित कायाृलयका हाकिमहरुलाई मनत्रीले नै प्रश्न सोधेका थिए ।
मनत्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार मन्त्रीले सेवाग्राहीहरुसँगको छलफलपछि हाकीमलाई यस्ता प्रश्न सोधेका थिए ।
फटाफक काम किन भएन र यति धेरै मान्छेका चाप किन भयो ? समाधान गर्ने उपााय के हुन् ? अव्यवस्थित किन ? एक जना सेवाग्राहीका पछि किन यति धेरै मान्छे लागेका छन् ? कित्ताकाटको पछिल्लो विवरण के छ ? सेवाग्राहीले आफै फर्म भर्न पाउने गरी सजिलो व्यवस्था के गर्न सकिन्छ ?
मन्त्री खनालले मालपोत र नापीप्रति देशभरका जनतामा नकारात्मक छाप छ भन्ने भुल्न नहुने भन्दै तत्काल यो छाप हटाउने गरी काम गर्न मालपोतका हाकीमलाई निर्देशन दिएका थिए ।
मन्त्री खनालले भने यो भ्रष्टाचारको अखडा हो, त्यहाँ कहिले पनि सुद्ध हुन्न भन्ने कुरालाई निमिट्यान्न पार्नु पर्छ , मैले यो मन्त्रालय सम्हालिसकेपछि मालपोत र नापीबाट मात्र निलम्बीत र्कचारीको संख्या ७० नाघेको छ, मैले हेरिरहेको छु । यस्तै हो भने त मालपोत र नापीका कर्मचारी त सकिन्छन त ।
मन्त्री खनालले यी समग्र विषयमा सुधार ल्याउन के गर्नु पर्छ, तत्काल सुझाव पेश गर्न मालपोत अधिकृत नविन किशोर अधिकारीलाई भनेका थिए । जवाफमा मालपोत अधिकृत अधिकारीले इन्टरनेटको समस्याले गर्दा काम गर्न कठिन भएको स्पष्टिकरण दिएका थिए ।

हेरौं के भने मालपोत अधिकृतले
प्रमुख मालपोट अधिकृत, नविन किशोर अधिकारीको जवाफ
सकेसम्म सेवाग्राहीलाई समस्या नपरोस र छिटो काम होस् भनेर काम गरिरहेका छौं । अहिले अनलाइनबाट फारम भर्ने र डकुमेन्टहरु इस्क्यान गरेर राख्न निर्देशन दिइएको छ । तर इक्यान गर्न धेरै समय लाग्दो रहेछ । अनि मुख्य समस्या इन्टरनेटको छ । इन्टरनेट नै चल्दैन । सुविसुको नेट राम्रोसँग नचल्दा समस्या भयो । इन्टरनेट नै नचलेपछि अस्ती त हामीले सूचना टाँसेर कार्यालय बन्द गर्यौं । सेवाग्राहीको मुख्य गुनासो नै यसैमा आउँछ ।

Related News

भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईने : खनाल

काठमाडौं, २० असार कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी