छुवाछूत गर्नेलाई ६ महिना जेल

54 Hits

मूलखबर,२७ असार । महोत्तरीको बर्दिवास वडा नम्बर–४ स्थित सार्वजनिक धारामा पानी छोएको भन्दै दलित महिलालाई कुटपिट र दुर्व्यवहार गर्ने स्थानीय कमला गिरी र उनका नातेदार रामबाबु दाहालविरुद्ध ६ महिना कैद फैसला भएको छ।जातीय भेदभाव र छुवाछूत गर्नेविरुद्ध जेल सजाय भएकाे सम्भवत: पहिलाे फैसला हो।

न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातिय भेदभाव गरी गालीगलौज तथा कुटपिट भएको ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना र रामबावु दाहाललाई ३ महिना कैदको फैसला सुनाएको हो । साथै गिरीलाई १० हजार जरिवाना पनि तोकेको छ । अदालतले पीडितलाई पचास हजार क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी