नौ महिनाअघि अमेरिका पुगेका बजगार्इंको हत्या

102 Hits
 
मूलखबर,२७ असार । अमेरिकाको भर्जिनियामा एक नेपालीको हत्या भएको छ । भर्जिनियाको हर्नडन्डस्थित ग्यास स्टेसनमा काम गर्दै आएका रमेश बजगाई‌को लुटेरा समूहले हत्या गरेको हो ।

पुर्ख्यौली घर गोरखा भएका बजगाईंको परिवार अहिले चितवनको भरतपुरमा बसोबास गर्दै आएको छ । स्टेसनमा काम गरिरहेका उनलाई  लुटेराको समूहले गोली हानी हत्या गरेको हो । उनी नौ महिनाअघि  मात्रै अमेरिका पुगेका थिए । उनकी श्रीमती तथा पाँच वर्षकी छोरी छन् । अहिले अमेरिकामा विभिन्न ग्यास स्टेसनमा काम गर्ने नेपालीको संख्या करिब ३० हजार छ । यस वर्ष मात्रै अमेरिकामा भएका विभिन्न गोलीकाण्डबाट १३ हजार दुई सय ८६ जनाको मृत्यु भइसकेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी