प्रतिपक्षीले कमजोर त्यान्द्रो समाएको छः प्रधानमन्त्री ओली

34 Hits

मूलखबर,२७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताउनुभयो ।“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागू गर्छ । यसमा आत्तिनु पर्दैन ।”

प्रधानमन्त्रीले बेमौसममा कराउनेहरु केही दिनमा आफैँ चुप लाग्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले शान्ति प्रक्रियाका केही अवशेष पनि अब चाँडै नै टुंग्याइने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गर्नुभयो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*