बुटवलमा सडक पिच गरेको १० दिनमै कतै भत्कियो, कतै घाँस उम्रियो

59 Hits

मूलखबर,२७ असार । असारको अन्त्य सम्ममा कुनै हालतमा काम सक्ने र बजेट फस्र्यौट गर्ने सरकारी कर्मचारी र निर्माण व्यवसायीको अघोषित सिस्टमनै हुन्छ भन्दा फरक पर्दैन । अझ सडक निर्माणको काम त देखिने कुरा नै भयो ।

कतै अन्धाधुन्दा डोजर चलाइएका छन् त कतै हिलो माथी कालोपत्रे गरेर बजेट सकाइदै छ । बुटवल उपमहानगरपालिकामा समेत यस्तै भएको छ । बजेट सक्ने रणनीति अनुसार असारको दोस्रो साता कालोपत्रे गरेको बुटवल उपमहानगरपालिका ४ लक्ष्मीनगर आलोक पथको सडक कतै भत्किएको छ त कतै घाँस उम्रिएको छ ।केही समयमा अघि मात्रै हतार हतार स्थानीय अगुवाहरुलाई समेत जानकारी नगराई क्षणभरमै कालोपत्रे सम्पन्न गरिएको थियो यो सडक ।उपमहानगरपालिक भित्रका सम्पुर्ण सडकको मर्मत गर्न छत्र देव पाण्डेको सपना सुन्दरी कन्सट्रक्सनले ८७ लाख ३३ हजारमा १ सय ९० रुपैयामा जिम्मा लिएको थियो । भत्किएको स्थानमा मर्मत गरिएपनि गुणस्तरहिन काम भएको यो दृश्यले देखाउँछ । उपमहानगरपालिकाका अनुसार निर्माण कम्पनी सपना कन्सट्रक्शनले अहिलेसम्म करिब ७० लाख रुपैया लिइसकेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी