मौद्रिक नीति आज सार्वजनिक हुँदै

28 Hits

   

मूलखबर,२७ असार । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ ।

नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

नीतिले महंगी नियन्त्रण, उत्पादनमुलक उद्योगहरुलाई प्रोत्साहन र आयात निरुत्साहनतर्फ जोड दिएको बताइएको छ । वित्तिय संस्थाहरुलाई मर्जरमा जान प्रेरित गर्ने, लगानी तथा कर्जा बढाउन सहयोगी बन्ने किसिबाट नीति तथा कार्यक्रम आउने बताइएको छ । मौद्रिक नीतिले  सेयर बजारका लगानीकर्ताहरुले राहत महसुस गर्ने गरी केही नीतिगत घोषणा गर्ने अपेक्षा गरिएको छ । शेयर लगानीकर्ताहरुको ‘मार्जिन कल’ देखि ब्याजको स्प्रेडदर घटाउनेसम्मको विषयलाई सम्बोधन गर्ने चर्चा छ ।  शेयर लगानीकर्ताहरुको ‘मार्जिन कल’ को समस्या संवोधन गर्ने, बैंकलाई ब्रोकरको लाइसेन्स दिने, निक्षेपको हकमा संवोधन गर्दै अहिले कुल निक्षेपको ४५ प्रतिशत संस्थागत निक्षेप लिन पाइने ब्यवस्थालाई पनि लचिलो बनाउने अपेक्षा लगानीकर्ताहरुले गरेका छन्

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*